सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्यटकका लागि सहज गन्तव्य बन्दै भोजपुरको ‘चखेवा भञ्ज्याङ’


  •    न्युजभित्तो/२३ श्रावण २०८२, बिहीबार ११:०६ 
  • भोजपुर, २२ साउन । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा रहेको ‘चखेवा भञ्ज्याङ’ पर्यटकका लागि सहज गन्तव्य बनेको छ । प्राकृतिक रुपमा सुन्दर यो क्षेत्रमा सडकलगायतका पूर्वाधार विकास भएपछि पर्यटकका लागि सहजको गन्तव्य बनेको हो ।

    कालोपत्र सडकको पहुँच रहेको यो स्थल भोजपुर सदरमुकामबाट करिब ४० किलोमिटरको दूरीमा अवस्थित छ । स्थानीय परिकारहरुको स्वाद लिँदै प्राकृतिको आनन्द लिनका लागि मानिस यहाँ पुग्ने गरेका छन् । चखेवा भञ्ज्याङ समुन्द्री सहतबाट दुई हजार ३५१ मिटर उचाइमा रहेको छ ।

    चखेवालाई पर्यटन संस्कार, संस्कृति र सभ्यताको क्षेत्रका रुपमा विकास गर्ने योजनाका साथ विकासमा जोड दिइएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । मध्य पहाडी लोकमार्गसँगै मुन्दुम पदमार्गको केन्द्र विन्दुका रुपमा रहेकाले यो क्षेत्रको सहरीकरणसँगै बस्ती विस्तारमा जोड दिइएको उहाँको भनाइ छ ।

    “चखेवा हाम्रो गाउँपालिकाको एक महत्वपूर्ण पर्यटकीय क्षेत्र हो”, उहाँले भन्नुभयो, “यो ठाउँलाई पयर्टनसँग जोडेर संस्कार, संस्कृति र सभ्यताको क्षेत्रका रुपमा विकास गर्ने हाम्रो लक्ष्य छ । हामी चखेवा क्षेत्रलाई पूर्वको एक स्थापित पर्यटकीय गन्तव्य बनाउन जुटेका छौँ ।” भोजपुर र खोटाङको सिमानामा रहेको यो स्थानमा बृहत् सांस्कृतिक सङ्ग्रहालय, पार्क तथा संस्कृति अध्ययन केन्द्र निर्माण गरिने अध्यक्ष बस्नेतले बताउनुभयो । केन्द्र सरकारको करिब रु तीन करोड लागतमा सङ्ग्रहालय निर्माणका लागि जग्गा खोजी भइरहेको उहाँले जानकारी दिनुभयो । “यो क्षेत्र प्राकृतिक हिसाबले आफैँमा सुन्दर छ”, अध्यक्ष बस्नेतले भन्नुभयो, “हामीले यहाँको संस्कार संस्कृतिको विकासमा पनि जोड दिएका छौँ । पर्यटकहरुको सहज आवागमनमा हामीले ध्यान दिएका छौँ ।”

    चखेवासँगै मुन्दुम पदमार्गको विकास तथा प्रवद्र्धनका लागि विभिन्न समयमा मेला महोत्सवसमेत सञ्चालन भइरहेको उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । स्थानीयलाई आर्थिक उपार्जनमा जोड्न गाउँपालिकाले कृषि र पर्यटनको विकासमा जोड दिएको उहाँको भनाइ छ । गाउँपालिकाले ‘कृषि, पर्यटन र सांस्कृतिक पूर्वाधारः टेम्केमैयुङ विकासको आधार’ भन्ने मूल नाराका साथ यहाँको कृषि र पर्यटन क्षेत्रको विकासमा योजनाबद्ध रुपमा काम गरिरहेको जनाएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.