सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्रीद्वारा तुर्किमेनिस्तानका राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो


  •    न्युजभित्तो/२२ श्रावण २०८२, बुधबार १७:२६ 
  • प्रकाश सिलवाल

    तुर्कमेनिस्तान, २१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभलाई नेपाल भ्रमणका लागि निमन्त्रणा गर्नुभएको छ ।

    भूपरिवेष्टित विकासशील राष्ट्रहरू ९एलएलडिसी० को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा आज भएको भेटवार्ताका अवसरमा प्रधानमन्त्री ओलीले आगामी वर्ष नेपाल भ्रमणका लागि राष्ट्रपतिलाई निमन्त्रणा गर्नुभएको हो ।

    भेटपछि दुवै मुलुकका सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले दुईपक्षीय हित, चोसो, सहयोग र सहकार्यसहित दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ र उपलब्धिमूलक बनाउनलगायतका विषयमा छलफल भएको बताउनुभयो ।

    सो अवसरमा उहाँले छोटो समयावधिमा तुर्कमेनिस्ताले गरेको विकासको प्रशंसा गर्दै नेपाल सन् २०२६ मा विकासशील मुलुकमा स्तरोन्नति हुने जानकारी गराउनुभएको थियो ।

    प्रधानमन्त्री ओलीले आवाजा सहरमा भूपरिवेष्टित विकासशील राष्ट्रहरू ९एलएलडिसी० को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको भव्य आयोजनाका लागि राष्ट्रपति बेरदिमुहामेदोभलाई धन्यवाद दिनुभयो । प्रधानमन्त्री ओलीको आजै अन्य मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुखसँग पनि भेटवार्ताको कार्यक्रम रहेको छ ।

    हरेक १० वर्षमा हुने सो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली उच्चस्तरीय भेटघाटसहित विभिन्न कार्यक्रममा सहभागी हुनुहुन्छ ।
    रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.