सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बीउ अपुगले धान रोपाइँ प्रभावित, महोत्तरीमा रोपाइँ ४९ प्रतिशत


  •    न्युजभित्तो/२२ श्रावण २०८२, बुधबार १७:२१ 
  • महोत्तरी, २१ साउन । लामो खडेरीले यसवर्ष महोत्तरीको धान रोपाइँ प्रभावित भएको छ । सिङ्गो मधेस नै खडेरीको चपेटामा परेका बेला अन्यत्रजस्तै महोत्तरी जिल्लाको रोपाइँ पनि प्रभावित भएको हो ।

    स्थानीय किसानका अनुसार लामो खडेरीपछि साउन तेस्रो सातादेखि मनसुनी वर्षा अनुकूल हुँदै गइरहेको अवस्थामा धमाधम रोपाइँ भइरहेकामा पछिल्लो समय बीउको अभाव देखिएको छ ।

    साउन तेस्रो साताको अन्त्यमा महोत्तरीको रोपाइँ करिब ४९ प्रतिशत मात्र पुगेको प्रदेशस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । सुरुमा पानीको अभाव खेपेका किसान अब बीउको अभावले रोपाइँ प्रभावित भएको बताउँछन् ।

    “सबै खेतमा हिल्याउनेगरी पानी अझै पुगेको छैन, हामी कतिपय ठाउँमा सडक, कुलो सोहोरेर खेत हिल्याउँदै छौँ”, भङ्गाहा–४ रामनगरका किसान काशी विन मुखिया भन्नुहुन्छ, “अहिलेलाई दुःखसुख पानी जम्मा गरे पनि बीउले धोका दिएको छ ।”

    यसपालि खडेरीले ब्याडमै बीउ सुकाएर हुर्कन नसक्दा अहिले बीउको अभाव भएको मुखियाको भनाइ छ । आफूले हिल्याइसकेको खेतमा बीउ नपुगेर रोपाइँ थाँति रहेको मुखियाले बताउनुभयो । मुखिया अहिले बस्तीबस्ती चाहार्दै बीउ खोज्दै हुनुहुन्छ ।

    मुखियाजस्तै सोही बस्तीका अर्का किसान इद्रिस कवारी पनि अब बीउको अभावले रोपाइँ नबढ्ने छाँट देखिएको बताउनुहुन्छ । “खडेरीले पहिले दुखजिलो रोपिएको धान पनि राम्ररी गाँजिन सकेन, त्यसैले खरुअन ९पहिलो बीउ रोपो गााजिएपछि त्यो उखलेर रोपिने कार्य० पनि हुर्केन”, कवारी भन्नुहुन्छ, “अब पानी त जेनतेन भयो, बीउले सकस पार्दैछ ।” महोत्तरीको कूल ७१ हजार हेक्टर जग्गामध्ये करिब ४५ हजार हेक्टरमा धानखेती हुँदै आएको छ । “पुरानो अभिलेख हेर्दा अनुकूल वर्षा भएको समयमा ४५ हजार हेक्टरभन्दा बढीमा धानखेती भएको देखिन्छ”, वरिष्ठ कृषि विकास अधिकृत देवानन्द यादव भन्नुहुन्छ, “हामीले यसलाई ४५ हजार हेक्टर मान्ने गरेका छौँ ।”

    यस वर्ष अहिलेसम्म ४९ प्रतिशत जमिनमा मात्र रोपाइँ भएको छ । यो २२ हजार हेक्टरभन्दा माथिको क्षेत्रफल हो । साउन तेस्रो साता सुरु हुनअघि जिल्लामा ३० प्रतिशतमात्र रोपाइँ भएको थियो । यसैबीच वर्षा भएसँगै रोपाइँले गति लिइ अहिले ४९ प्रतिशत पुगेको हो ।

    “सबै ठाउँमा पानी अझै पुगेको छैन, किसान सडक, कुलो सोहोरेर, स्यालोट्युवबेल र इनार पम्पसेटबाट पानी जोहो गरेर रोपाइँ गर्दैछन्”, यादव भन्नुहुन्छ, “अब मुख्य समस्या बीउको छ, ब्याडमै सुकेको बीउ पछिल्लो वर्षाले बिउँतिने क्रम त छ, तर समय लाग्छ ।”

    पानी परीरहेको हुँदा अन्य बालीभन्दा धान नै लगाउन ठिक हुने विज्ञ बताउँछन् । यस वर्ष जिल्लाको सुदूरदक्षिणी र मध्यभेगभन्दा उत्तरी क्षेत्रमा वर्षा बढी भएकाले धान रोपाइँ गति उत्तरीक्षेत्रमा बढी भएको देखिन्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.