सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोटाको मल अभाव भएपछि निजी कम्पनीको मल वितरण


  •    न्युजभित्तो/२२ श्रावण २०८२, बुधबार १५:०९ 
  • नेपालगञ्ज, २१ साउन । बाँकेमा कोटामा पाउने रासायनिक मलको अभाव भएपछि स्थानीय तहले निजी कम्पनीले उत्पादन गरेको रासायनिक मल ल्याएर बिक्री तथा वितरण गर्न थालेका छन् । माटो तथा मल परीक्षण प्रयोगशालाले जाँच गरेर बजारमा ल्याएको मिश्रित रहेको रासायनिक मल गाउँपालिकाका विभिन्न १५ सहकारीमार्फत किसानले प्राप्त गरेको खजुरा गाउँपालिकाका अध्यक्ष डम्मरबहादुर विकले जानकारी दिनुभयो ।

    उहाँले अनुदानमा आएको कोटाको रासायनिक मलको अभावमा किसानलाई मोरङबाट उत्पादन भएको सुन्दर मल वितरण गरिएको बताउनुभयो । “यसलाई किसानले रुचाउनुभएको छ, त्यसैले यसको माग बढेको छ”, उहाँले भन्नुभयो ।

    अध्यक्ष विकले अहिलेसम्म एक हजार ५०० बोरा रासायनिक मल वितरण भएको जानकारी दिँदै सो मलको अझै माग भइरहेको बताउनुभयो । चौध हजार घरधुरी रहेको उक्त गााउपालिकामा अनुदानको मल ९०० बोरा मात्रै पाएपछि विकल्पका रुपमा सो रासायनिक मलको बिक्री वितरण भएको अध्यक्ष विकको भनाइ छ । उहाँले सो मल अनुदानको मलको तुलनामा महँगो भएको समेत उल्लेख गर्नुभयो ।

    नेपालगञ्जमा पनि सो मल बिक्री वितरणका लागि जिल्ला सहकारी सङ्घ, बाँकेको कार्यालयमा राखिएको छ । रासायनिक मल प्राप्त गर्नका लागि त्यहाँ स्थानीय किसानको भीड लागेको छ । “अनुदानको मल नपाएपछि बाध्य भएर यो रासायनिक मल ल्याएका छाँै”, जिल्ला सहकारी सङ्घ, बाँकेका प्रवन्ध सञ्चालक नवराज उपाध्यायले भन्नुभयो ।

    उहाँले अनुदानमा आउने रासायनिक मलभन्दा निजी कम्पनीले उत्पादन गरेको मल महँगो भएको उल्लेख गर्दै रासायनिक मलमा नाइट्रोजन, फस्फोरस र पोटास मिसाइएको बताउनुभयो । सहकारी सङ्घमा ५०० बोरा मल आएकामा १५० बोरा आज मात्र वितरण भएको जानकारी दिँदै प्रबन्ध सञ्चालक उपाध्यायले नेपालगञ्जबाहेक, जानकी र डुुडुवा गाउँपालिकाबाट समेत मल लिन किसान आएको बताउनुभयो । सो रासायनिक मल रु दुई हजार ५०० प्रतिबोरा पर्छ ।

    कृषि सामग्री कम्पनी लिमिटेड, नेपालगञ्जले युरिया मल कोटाअनुसार वितरण भएको जनाएको छ । कृषि सामग्री कम्पनी, लि। नेपालगञ्जका प्रमुख पुष्पराज श्रेष्ठले मागअनुसार मल नआउँदा किसानका माग सम्बोधन नभएको उल्लेख गर्दै खरिद गर्ने बेलामा नै बढी बजेट विनियोजन भए त्यसबाट आपूर्ति सहज हुने बताउनुभयो । बाँकेमा मलको अभाव भएपछि थप युरिया मल पठाउनका लागि पहल भइरहेको प्रमुख श्रेष्ठले बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.