सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तीज गीतमार्फत चेली जगाउँदै चन्द्रवती


  •    न्युजभित्तो/२२ श्रावण २०८२, बुधबार १५:०६ 
  • गण्डकी, २१ साउन । हरेक तीजमा नयाँनयाँ तीज गीत लिएर आउने गीतकार चन्द्रावती वाग्लेको यस वर्ष ‘उठौँ चेली हो’ बजारमा आएको छ । सामाजिक यथार्थताका विविधतालाई गीतका माध्यमबाट प्रस्तुत गर्दै आउनुभएकी वाग्लेले यस वर्षको गीतमा महिला हकहितका लागि कानुन बनेपनि महिला हिंसाको क्रम नरोकिएको भन्दै नारी आ–आफ्ना स्थानबाट उठ्नुपर्नेमा जोड दिनुभएको छ ।
    पुरुष प्रधान समाजको अहिले पनि दबदबा कायमै रहेको उल्लेख गर्दै वाग्लेले गीतको सुरुमा नै भन्नुभएको छ,
    “पुरुष प्रधान समाजको जाँतोमा ज्यान पेलियो ।
    राखौँ हाम्रा कुरा पनि उठौँ चेली हो ।।”
    देशमा महिलामैत्री कानुन बनेपनि, संविधानमा उल्लेख गरिए पनि महिला हिंसाको क्रम अझै नरोकिएको भन्दै वाग्लेले गीतमा भन्नुभएको छ,
    “रोकिएन महिला हिंसा जति कानुन बनेनी ।
    संविधानमा नारी पुरुष एकै भनेनी ।।
    न त हिंसा रोकियो, न त दाइजो घटाइयो ।
    न दुःखमा माइतीघर छोरी अटाइयो ।।” 
    त्यस्तै समाजमा बढ्दो बलात्कारजन्य घटनाको दर्दनाक अवस्थाको चित्रण गर्दै गीतमा वाग्लेले,
    “प्रतिकार गरे जिउँदै जल्नु पर्छ नारीले ।
    पैसासँग न्याय किन्छ बलत्कारीले ।।” उल्लेख गर्नुभएको छ ।
    समाजमा नारीले न्यायसमेत नपाएको प्रशङ्ग उल्लेख गर्दै गीतमा भनिएको छ,
    “हाँसी हाँसी स्वीकार्नुछ कठिन जिम्मेवारीलाई ।
    दुख्दा ऐया भन्ने छुट छैन नारीलाई ।।
    कि देउ न्याय कि भगवान् जन्मै नदेउ छोरीलाई ।
    तिम्रो सृष्टि तिमी आँफैँ चलाउन बरिलै ।।”
    यस्तै यथार्थता, पीडा, व्यथा र बेदनाले भरिएका विभिन्न १४ वटा टुक्कासहित ‘उठौँ चेली होे’ गीत सार्वजनिक भएको हो । यो गीतमा शब्द, स्वर, लय वाग्लेको आफ्नै रहेको छ । गीतमा इन्दु केसी, दामु चालिसे, टिकामाया चालिसे, शिव चालिसे, सूर्य जिसी, लक्ष्मी जिसीले अभिनय गर्नुभएको छ ।
    गीतको निर्देशन वसन्तप्रसाद चालिसेले गर्नुभएको हो भने व्यवस्थापनमा नवराज वराल, दिपकराज अधिकारी र दिपेन्द्र कार्कीले सघाउनुभएको छ । त्यस्तै गीतका लागि आर्थिक सहयोग न्यूरोड महिला उत्थान मञ्च पोखरा–८ ले गरेको छ भने छायाङ्कन वासुदेव पोखरेलले गर्नुभएको छ । अन्य व्यवस्थापन, निर्माण, सम्पादनलगायत काम मूनाल चलचित्र प्रालिले गरेको छ ।
    वाग्लेले यसअघि २०७५ मा ‘आइन छोरी’, २०७६ मा ‘नरोए आमा’, ‘जागिरे नारीको पीडा भाग–१’ र ‘गरिन गुनासो’, २०७७ मा ‘जागिरे नारीको पीडा भाग–२’, ‘सहरको सुविधा र म’, ‘दर्जा बेरोजगारको’, २०७८ मा ‘आउ सङ्गी रमाइलो गरौँ बरिलै’, २०७९ मा ‘रमाइलो माइतैमा’, ‘जडिया पोइ’ र ‘शून्य छ जन्मेको घर बरिलै’ गीत बजारमा ल्याउनुभएको थियो ।
    वाग्लेले २०८० मा ‘फेरि पनि आयो तीज मन दुखाउन’, ‘कृषि प्रधान मेरो देश, के छैन र हाम्रो नेपालमा’ ल्याउनुभएको थियो भने २०८१ मा ‘देश भक्ति तीज गीत’, ‘वालेन तीज गीत’ र ‘माइतीको झल्को’ ल्याउनुभएको थियो । 
    वाग्लेका ‘हरिश्चन्द्र शोक काव्य २०७५’, ‘पलपलका भावना’ कविता सङ्ग्रह २०८०, ‘अक्षरको आगो’ मुक्तक सङ्ग्रह २०८१, ‘जिन्दगीको बाटो मोडियो तीज गीत सङ्ग्रह २०८१’ जस्ता कृति प्रकाशित छन् । पोखरा महानगरपालिकामा अधिकृत कर्मचारीका रूपमा सेवारत उहाँ कस्केली अधिकृत समाजको कार्यसमिति सदस्यसहित रही विभिन्न सामाजिक सङ्घसंस्थामा क्रियाशिल हुनुहुन्छ ।रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.