सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्यटकका पखाइमा म्याग्दीको पुलाश्रम


  •    न्युजभित्तो/२२ श्रावण २०८२, बुधबार १२:२१ 
  • म्याग्दी, २१ साउन । म्याग्दीको बेनी नगरपालिका–५ मा अवस्थित पुलाश्रम (पछै) पर्यटकको पर्खाइमा छ । सो स्थानलाई हिन्दू धर्मग्रन्थ रामायणका पात्र पुलत्स्य, पुलह ऋषिले तपस्या गरेको र रावणको जन्म भएको विश्वास गरिन्छ ।

    पुलाश्रमको फेदीमा रहेको बेनी बजार भएर वार्षिक सात लाख भन्दा बढी स्वदेशी तथा विदेशी भक्तजन र पर्यटकहरु बेनी–जोमसोम सडक मार्फत हिन्दू तथा वौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथ आवत जावत गर्छन् । बेनीदेखि करिब नौ किलोमिटर उत्तरतर्फ अवस्थित पुलाश्रम सधै सुनसान हुने गरेको पौलत्स्य क्षेत्र विकास कोषका उपाध्यक्ष तेजप्रकाश बानियाले जानकारी दिनुभयो ।

    “श्रीमद् भागवत् महापुराणको पञ्चमस्कन्ध आठाँै अध्यायमा जयन्ती, मङ्गला र कालीको सङ्गमस्थलमा पुलत्स्य एवं पुलह ऋषिले तपस्या गरेको र पुलस्त्य ऋषिका नाती हिन्दू धर्मग्रन्थ रामायणका पात्र रावणको जन्म भएको उल्लेख छ,” उहाँले भन्नुभयो “पुलत्स्य, पुलह ऋषिले तपस्या गरेकै कारण यो ठाउँलाई पुलाश्रम भनिएको विभिन्न अध्ययन तथा तथ्यहरुले पुष्टि गरेको छ ।”

    रामायणको पाँचौँ अध्यायमा रावणको जन्म पछैमा भएको उल्लेख छ । पुलस्त्य र पुलह ऋषिले होम गरेको तथा रावणको नाभी गाडेको ठाउँ पुलाश्रमको धार्मिक महत्व तथा इतिहाँसको साक्षी हुन् । पुलाश्रममा रहेको मन्दिर परिसरको हवन कुण्डमा ऋषिहरुले हवन गरेर शेर रहेको चरु पाइन्छ ।

    धार्मिक महत्वको प्रचारप्रसार र प्राकृतिक सौन्दर्यको बिशेषता प्रचारप्रसारको कमी तथा सहज सडक यातायतको सुविधा नहुँदा पुलाश्रम ओझेलमा परेको उपाध्यक्ष बानियाले बताउनुभयो । “धेरैलाई पुलाश्रमको महत्व र विशेषता जानकारी छैन,” उहाँले भन्नुभयो “पुलाश्रमको बारेमा जानकारी भएका तिर्थयात्रीहरु आएपनि गाडीमा आउन नसकेर पुलाचौर र तिनमानेबाट फर्किन बाध्य छन् ।”

    समुन्द्रि सतहदेखि एक हजार सात सय मिटर उचाइमा रहेको पुलाश्रमलाई स्थानीयबासीहरुले पछै पनि भन्ने गर्छन् । यहाँबाट अन्नपूर्ण, धौलागिरि हिमाल, म्याग्दी, पर्वत र बागलुङको ग्रामिण बस्ति अवलोकन गर्न सकिन्छ । नागबेली परेर बगेको कालीगण्डकी र म्याग्दी नदी देखिन्छ । नजिकै बस्ति नभएकाले पुलाश्रमको एकान्त र शान्त वातावरणमा रमाउन पाइन्छ ।

    बेनी देखि पैदलयात्रा गरेर दुई घण्टा र सवारी साधनमा तीन मिनेटको यात्रा गरेर पुलाश्रम पुगिन्छ । पुलाश्रममा तिर्थयात्री र भक्तजन आउन नसक्नुको प्रमुख कारण व्यवस्थित पदमार्ग र स्तरीय सडक सुविधाको अभाव भएको स्थानीय शान्ति शर्माले बताउनुभयो । पौलत्स्य क्षेत्र विकास कोषले महायज्ञबाट संकलन गरेको रकमबाट दश वर्षअघि मन्दिर निर्माण गरेको थियो ।
    बेनी नगरपालिकाले पर्यटन मन्त्रालयसँगको साझेदारीमा पुलाश्रम परिसरमा रावण पार्क निर्माण कार्य अन्तिम चरणमा पु¥याएको बेनी नगरपालिका–५ का वडा अध्यक्ष गोविन्द बानियाले बताउनुभयो । “ढलोट धातुको २१ फिट अग्लो रावणको मुर्तीमा १० वटा टाउको, जनै राख्ने र सरसफाई गर्ने बाहेकको काम सकिएको छ,” उहाँले भन्नुभयो “चार रोपनी क्षेत्रफलमा निर्माण भएको पार्क घेराबार, प्रवेशद्धार, पदमार्ग निर्माण, स्लेट बिछ्याउने, दुवो रोपेर संरचना तयार गरिएको छ ।”

    रु। एक करोड ७६ लाखमा ठेक्का मार्फत ऋषिमूनि मन्दिर, हवन कुण्ड, रावणको नाभी गाडिएको भनिने स्थानलाई यथावत् संरक्षण गरी रावणको मूर्तिसहित बगैँचा, विश्रामस्थल, घेरबार र जमिन संरक्षणलगायत पूर्वाधार निर्माण भएको छ ।

    बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बेनी देखि पुरुण्डी सम्मको छ किलोमिटर सडक पक्की बनेको जानकारी दिदै चनौटे देखि पुलाश्रम जोड्ने सडक स्तरोन्नतिका लागि प्रदेश र संघीय सरकारसँग प्रस्ताव गरेको बताउनुभयो ।

    विभिन्न धार्मिक गन्थको अध्ययन र तथ्य पहिचान गरेर दक्षिण भारत र श्रीलंकाका धार्मिक पर्यटक भित्र्याउने उद्देश्यका साथ पछैमा रावण पार्क बनाएको उहाँले बताउनुभयो । गण्डकी प्रदेश सरकार मार्फत बेनी नगरपालिका–९ मा रहेको गलेश्वर देखि पुलाश्रम र अर्को धार्मिक स्थल जगन्नाथ जोड्ने सडकको काउलेगौडा खण्डमा स्तरोन्नति शुरु भएको छ ।

    बेनी, पुलाश्रम, घतानकोत, ढोलथान, जगन्नाथ र गलेश्वरलाई धार्मिक कोरिडोरको रुपमा विकास गर्ने अवधारणा अनुसार पूर्वाधार निर्माण तथा प्रर्वद्धनमा प्राथमिकता दिएको नगर प्रमुख केसीले बताउनुभयो । धार्मिक कोरिडोरको विकास गरेर मुक्तिनाथ जाने आउने भक्तजन तथा तीर्थयात्रीलाई बेनीमा भुलाउने, बसाइ लम्बाइ पर्यटन विकास गर्ने गर्ने उद्देश्य राखिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.