विराट मासिक ज्ञान महायज्ञप्रति भक्तजनहरुको उत्साह, सुरु नहुँदै पन्ध्र लाख सङ्कलन
न्युजभित्तो/२० पुष २०७६, आईतवार १९:१०
चितवन । नेपालमा नै पहिलो पटक चितवनमा हुन लागेको विराट मासिक ज्ञान महायज्ञप्रति भक्तजनहरुको सद्भाव र उत्साह देखिएको छ । ज्ञान महायज्ञ शुरु नहुँदै १५ लाख रुपैयाँ सङ्कलन भइसकेको छ । आगामी माघ ११ देखि फागुन ११ गतेसम्म नारायणगढको नारायणी नदी किनारमा हुने महोत्सवका लागि दानवीरहरुले रकम प्रदान गर्न बोलकबोल सुरु गरेका महायज्ञका प्रमुख वाचक वालयोगेश्वर महाराजश्रीले जानकारी दिनुभएको छ ।
ऐतिहासिक १०८ कुण्डीय कोटिहोम शैक्षिक, धार्मिक तथा सांस्कृतिक तुलादान, माघी मेला महामहोत्सव एवम् सङ्गीतमय लीलामय १०८ श्रीमद्भावत धनधान्याचल पितृमोक्ष विराट मासिक महायज्ञ २०७६ को तयारी समेत तीव्र रुपमा भइरहेको छ । महायज्ञको १०८ कुण्डीय कोटिहोमस्थलमा नौ तले यज्ञ मण्डपको निर्माण भइरहेको महाराजश्रीले जानकारी दिनुभयो । मण्डप निर्माणका लागि दैनिक ३० जना कामदारहरु खटिएका छन् ।
महायज्ञका प्रमुख वाचक वालयोगेश्वर माहाराजश्रीका अनुसार महायज्ञलाई सफल पार्नका लागि विभिन्न जिल्लामा उपसमिति विस्तार तथा प्रचार–प्रसारको काम भइरहेको छ । त्यस्तै, १०८ तीर्थस्थलको जल ल्याउनका लागि महायज्ञ समितिका सदस्यहरु तीर्थस्थलको भ्रमणमा गइसकेका उहाँले बताउनुभयो । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मान्छेले यसपटकको धार्मिक यात्राका लागि नारायणी नदी किनारमा आयोजना हुने महायज्ञमा आउने जानकारी गराइरहेका उहाँको भनाइ छ । एक महिनासम्म सञ्चालन हुने सो महायज्ञमा दैनिक एक हजार भक्तजनहरुलाई खाना र आवासको व्यवस्था गरिने समेत महाराजश्रीले बताउनुभयो ।
महायज्ञका प्रमुख वाचक वालयोगेश्वर महाराजश्री
यसैबीच, आगामी पुस २६ गते शनिबार महायज्ञ स्थल नारायणी नदी किनारमा वृहत भेलाको आयोजना गरिएको महाराजश्रीले जानकारी दिनुभयो । महायज्ञको २१ सय सदस्यीय मूल समारोह समिति विस्तार तथा १०८ उपसमिति निर्माणका लागि भेलाको आयोजना गरिएको हो । आगामी शनिबार बिहान ११ बजे हुने भेलामा बुद्धिजीवी, स्थानीय भद्रभलाद्मी, सामाजिक अगुवा तथा धर्मानुरागी व्यक्तिहरुलाई सहभागी हुन महाराजश्रीले आग्रह गर्नुभएको छ ।
नेपाल भ्रमण वर्ष २०२० आगमनसँगै नेपालमै ठूलो धार्मिक महोत्सवको आयोजन गरिएको उल्लेख गर्दै महायज्ञका मूल वाचक वालयोगेश्वर महाराजश्रीले यो महायज्ञले धार्मिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्याउने बताउनुभयो । चितवनमा आयुर्वेदिक शिक्षालय स्थापना, क्यान्सर रोगबाट पीडित विपन्न परिवारलाई सहयोग तथा जगतपुरको १२ बिघा क्षेत्रफलमा रहेको पशुपति मन्दिरलाई वृहत धामको रुपमा विकास गर्ने उद्देश्यले धार्मिक महोत्सव आयोजना गर्न लागिएको हो ।
उक्त महायज्ञमा १०८ पण्डितद्वारा १०८ हवन कुण्डमा विशेष जडिबुटीसहित एक करोड २५ लाख मन्त्र जपद्वारा हवन, चार बेद, १८ पुराण, १०८ श्रीमद्भागवत पाठ पारायण, पितृमोक्ष, २१ करोड दीप प्रज्वलन, २१ हजार भन्दा बढी व्यक्तिको तुलादान, १०८ तीर्थस्थलको जलसहित हेलिकप्टरबाट पुष्पबृष्टि, ५१ सय कलश पूजन, भूमि पूजन, अन्न पूजन, शालिग्राम परिक्रमा तथा पूजन, दुःख निवारण यज्ञ, कन्या पूजन, जेष्ठ नागरिक पूजन गरिने छ ।
युवा ज्योतिष वाल योगेश्वर महाराजश्रीको मुखार बिन्दबाट कथा वाचन हुने उक्त धन धान्याचल पितृमोक्ष विराट मासिक ज्ञान महायज्ञमा २५ करोड रुपैयाँ आर्थिक सङ्कलन गर्ने लक्ष्य रहेको छ भने महायज्ञ सफल पार्नका लागि करिब पाँच करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
महायज्ञ अवधिभरमा ३५ हजार रुपैयाँ दान गर्ने परिवारको एक जना, ६० हजार रुपैयाँ दान गर्ने परिवारका २ जना, ८० हजार रुपैयाँ दान गर्ने परिवारका ३ जना र १ लाख रुपैयाँ दान गर्ने परिवारका चार जना सदस्यलाई हेलिकप्टरबाट मौलाकालिका तथा देवघाट क्षेत्र परिक्रमा गराइनेछ । महोत्सवलाई भव्य रुपमा सफल पार्न देशभरबाट १० लाख भक्तजन आउने अपेक्षा गरिएको छ ।