सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राप्ती नदीमा जलसतह बढ्यो: तटीय क्षेत्रमा सतर्क रहन आग्रह


  •    न्युजभित्तो/२१ श्रावण २०८२, मंगलवार १२:०२ 
  • नेपालगञ्ज (बाँके), २० साउन । बाँकेका केही स्थानीय तहले राप्ती नदीमा पानीको सतहले चेतावनी तह पार गरेपछि साइरन बजाएर तटीय क्षेत्रका गाउँबस्तीलाई सतर्क रहन आग्रह गरेका छन् ।

    राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाले जिल्लाका तटीय क्षेत्रका गाउँबस्तीलाई सतर्क साइरन बजाएको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतहले चेतावनी तह पार गरेपछि बाँकेका तटीय क्षेत्रका गाउँबस्तीलाई सतर्क रहन सूचना जारी गरिएको छ ।” जिल्लास्थित पश्चिम राप्ती नदी राप्ती सोनारी जलमापन केन्द्रको जलसतहले चेतावनी तह पार गरेकाले तटीय क्षेत्र र डुबान भइरहने क्षेत्रका बासिन्दालाई दिउँसोसम्म सतर्क रहन सूचना जारी गरिएको सूचना अधिकृत ज्ञवालीले बताउनुभयो ।

    पश्चिम राप्ती नदी राप्ती सोनारी जलमापन केन्द्रका अनुसार अहिले त्यहाँ राप्ती नदीले चेतावनी तह चार मिटर ७० सेन्टिमिटर पार गरेर चार मिटर ८६ सेन्टिमिटर पुगेकाले जोखिम हुनसक्ने सबै ठाउँमा स्थानीयलाई ‘अलर्ट’ गरेर स्थानीय विपद् व्यवस्थापन समितिलाई समेत तयारी अवस्थामा रहन निर्देशन दिइएको उहाँको भनाइ छ ।

    सूचना अधिकृत ज्ञवालीले पानीको सतह बढेपछि नदीको वरिपरिका सबै गाउँबस्तीमा सतर्क रहने सूचना पठाइएको बताउनुभयो । बाँकेको कुसुम क्षेत्रमा राप्ती नदीको बाढी मापन केन्द्रमा पनि जलसतह सतर्कताको विन्दु नजिक पुग्न लागेको जानकारी त्यहाँको जलमापन केन्द्रले गराएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

    कुसुम जलमापन केन्द्रमा छ मिटर पार गरिसकेपछि चेतावनी दिने भएकाले अहिले त्यहाँ पानीको सतह पाँच मिटर ७४ सेन्टिमिटर पुगेकाले चेतावनी तह पार गरेपछि सबै क्षेत्रमा ‘अलर्ट’ जारी गरिने सूचना व्यवस्थापन अधिकृत ज्ञवालीले बताउनुभयो ।

    बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले राप्ती नदीमा खतराको तह पार नगरे पनि आसपासका क्षेत्रमा सतर्क रहन आग्रह गरिएको उल्लेख गर्दै राप्ती नदी आसपासमा क्षति हुन नदिन सुरक्षा निकायका टोली पचिालन भएको बताउनुभयो । उहाँले भन्नुभयो,“नरैनापुरमा सामान्य डुबान भएको थियो त्यहाँ सामान सुरक्षित स्थानमा लैजाने काम भइरहेको छ ।”रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.