सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आधारभूत अस्पतालमै ‘डायलाइसिस’ सेवा


  •    न्युजभित्तो/२१ श्रावण २०८२, मंगलवार ११:३१ 
  • गलकोट (बागलुङ), २० साउन । यहाँको आधारभूत अस्पतालमा डायलाइसिस सेवा दिने तयारी थालिएको छ । यसका लागि सङ्घीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत बडिगाड गाउँपालिकालाई रु एक करोड एक लाख ४४ हजार ८२० बराबरको पाँचवटा डायलाइसिस उपकरण प्राप्त भएको छ ।

    यही साउन १ गतेबाट बडिगाड गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पतालले सेवा सुरुआत गरेको थियो । जिल्ला अस्पतालबाट दिइरहेको डायलाइसिस सेवा अब गाउँपालिकाबाट दिने तयारीका साथ उपकरण अस्पतालमा आएको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार गाउँपालिकाको आधारभूत अस्पतालमा डायलाइसिस सेवा सम्भवतः देशभरमै पहिलो भएको बताउनुभयो । बागलुङको बडिगाड गाउँपालिकाले पश्चिम बागलुङका मिर्गौलाको बिरामीका लागि डायलाइसिस सेवा सुरु गर्न उपकरण भित्र्याएको हो । बडिगाड –५ ग्वालीचौरमा हालै सम्पन्न रु १८ करोड लागतको भवनमा १५ शय्याको अस्पताल निर्माण भएको थियो ।

    गाउँपालिकाले आगामी कात्तिकभित्र डायलाइसिस सेवा दिनेगरी स्वास्थ्यकर्मीलाई तालिम दिने तयारीमा जुटेको अध्यक्ष थापा अधिकारीले जानकारी दिनुभयो । मध्यपहाडी पुष्पलाल लोकमार्गको नजिकै रहेको अस्पतालले राजर्मागमा हुने दुर्घटनाका बिरामीलाई समेत सहजता प्रदान गर्ने छ ।

    धवलागिरि अस्पतालमा मात्र सो सुविधा रहेकामा बडिगाडमा पनि डायलाइसिस सेवा सञ्चालनसम्बन्धी एक वर्षअघि बडिगाड गाउँपालिका र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरबीच सम्झौता भएअनुसार अहिले उपकरण प्राप्त भएको हो । केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ र बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीबीच डायलाइसिस सेवा दिने विषयमा सम्झौता भएअनुसार उपकरण गाउँपालिकामा आएको हो ।

    उपकरण आएपछि जनशक्तिको विषयमा थप तयारी भइरहेको छ । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले जनशक्ति पठाउने विषयमा अध्ययन गरिने बताएको अध्यक्ष थापाले जानकारी दिनुभयो । पालिकाका एक मेडिकल अधिकृत र तीन स्टाफ नर्सलाई तालिमका लागि पठाउने तयारी छ । बडिगाडको आधारभूत अस्पताललाई स्वास्थ्य बिमाको प्रथम सेवा विन्दुका रूपमा समेत सूचीकृत गरेको छ । गण्डकी प्रदेशबाट थप एक मेडिकल अधिकृत तथा सङ्घीय सरकारबाट दुई चिकित्सक र तीन स्टाफ नर्ससहितको उपकण दिने देशभरको ४८ सूचीमा समेत यस गाउँपालिकाको आधारभूत अस्पताल परेको छ ।

    यसबाट बागलुङ पश्चिमका साथै गुल्मी, रुकुम र रोल्पाका जनताले सहज सेवा पाउने बडिगाड गाउँपालिका अध्यक्ष अधिकारीले बताउनुभयो । बडिगाडले सबै वडामा स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर सामान्य रोगको उपचार गर्दै आएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    सालक बागमती प्रदेशको गौरव
    सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    • दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.