सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुरक्षित र वैधानिक आप्रवासन नीतिको विस्तारका लागि सुझाव


  •    न्युजभित्तो/२० श्रावण २०८२, सोमबार १५:३६ 
  • काठमाडौँ, १९ साउन । महिला अधिकारकर्मीहरुले महिलालाई घरेलु कामदारका रुपमा विदेश जानका लागि वैधानिक बाटो खुलाउन सुझाव दिनुभएको छ । 
    उहाँहरुले विद्यमान कानुनी व्यवस्थामा भिटिज भिसा तथा अवैधानिक रुपमा महिलाहरु घरेलु कामदारका रुपमा गइरहेकाले त्यसलाई व्यवस्थित गरेर कानुनी बाटो खुलाउनुपर्नेमा जोड दिनुभएको हो । 
    महिला पुनःस्थापना केन्द्र (ओरेक)ले आज यहाँ आयोजित कार्यक्रममा सुरक्षित र वैधानिक आप्रवासन नीतिको विस्तारका लागि सुझाव दिएको छ ।
    कार्यक्रममा केन्द्रले घरेलु कामदारका रुपमा वैदेशिक रोजगारका सिलसिलामा मृत्यु हुने महिला र उनीहरुका परिवारको अवस्थाबारे अध्ययन प्रतिवेदन ‘जीवन र मृत्युमा अदृश्य’ सार्वजनिक गर्दै महिला श्रमिकका लागि सुरक्षित र वैधानिक आप्रवासन नीतिको विस्तारको सुझाव दिएको हो । 
    केन्द्रका कार्यक्रम व्यवस्थापक सुलोचना खनालले विशेषत खाडीमुलुकहरुमा घरेलु कामदार पठाउन लगाइएको प्रतिबन्ध खुलाउन सुझाव दिनुभयो । प्रतिबन्धले महिलालाई अनियमित मार्गहरुमा धकेल्ने जसले गर्दा शोषण र दुव्र्यवहारको जोखिम बढेको यस अध्ययनले देखाएको उहाँले बताउनुभयो ।   
    केन्द्रले सिन्धुपाल्चोक, झापा, दाङ, सुर्खेत र कर्णाली जिल्लाका मृतकका १५ घटना र हराएका दुई नेपाली महिला आप्रवासी कामदारका परिवारसँग गरिएका कुराकानीका आधारमा प्रतिवेदन तयारी गरेको जनाएको छ । 
    “आप्रवासीको मृत्युहरूलाई ‘दुर्घटना’ भनेर सामान्यीकरण गर्ने होइन । यसलाई नीति र प्रणालीगत असफलताको परिणाम भनेर व्याख्या गर्नुपर्छ”, कार्यक्रम व्यवस्थापक खनालले भन्नुभयो, “नेपालले आप्रवासी श्रमिकको रेमिट्यान्स स्वीकृत गर्छ भने, त्यसले तिनको सुरक्षा, जीवन, र परिवारप्रतिको जिम्मेवारी पनि लिनुपर्छ ।”
    बु्रनेल विश्वविद्यालय, लण्डन र केन्द्रद्वारा प्रकाशित यस अध्ययन प्रतिवेदनले सुरक्षित र वैधानिक आप्रवासन नीतिको विस्तारका लागि सुझाव दिएको छ । बु्रनेल विश्वविद्यालयका लेक्चरर डा आयुष्मान भगतले महिला कामदार वा शवलाई ढिला र भेदभावबिना फर्काइने प्रणालीको व्यवस्था गर्न सुझाव  दिनुभयो ।
    डा भगतले भन्नुभयो, “हामीले मृतकका वृद्ध बाबुआमासँग कुरा गरेका छौँ, जो कुनै सहयोगबिना भविष्यको पुस्ता हुर्काइरहनुभएको छ । यी परिवारहरूलाई दीर्घकालीन रूपमा मानसिक स्वास्थ्य सेवा, कानुनी सहायता र सार्वजनिक पहिचान दिनुपर्छ ।”
    यस्तै, आवश्यक कागजात नभएकालाई पनि बिमा र क्षतिपूर्ति प्रणाली सुनिश्चित गर्नुपर्ने सुझाव दिएको छ । महिला आप्रवासीले भोग्दै आएका चुनौती, पीडा, हराउने वा मृत्युमा राज्यको तर्फबाट ध्यान केन्द्रित गर्नुपर्ने कार्यक्रममा उपस्थित अधिकारकर्मीको भनाइ थियो ।रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.