सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तीर्थयात्रीका लागि चिकित्सक टोली परिचालन


  •    न्युजभित्तो/२० श्रावण २०८२, सोमबार १५:२६ 
  • मान्म (कालीकोट), १९ साउन । बडिमालिका जाने तीर्थयात्रीका लागि कालीकोटको रास्कोट नगरपालिकाले चिकित्सकसहितको टोली परिचालन गरेको छ । यही साउन २२ गते पूजा हुने बडिमालिकामा तीर्थयात्रीको घुइँचो लाग्ने भएकाले स्वास्थ्य सेवा सञ्चालन गरिएको हो ।

    यहाँ हरेक वर्ष भाद्र शुक्लपक्ष चतुर्दशीका दिन पूजाआजा गर्नेको घुइँचो लाग्छ । यस वर्ष पनि साउन २२ गते विशेष पूजाआजा हुँदैछ । पूजा र बडिमालिका दर्शन गर्न आउने भक्तजनको आकस्मिक स्वास्थ्य समस्या र दुर्घटनाको जोखिमबाट बचाउन नगरपालिकाले चिकित्सकसहितको टोली परिचालन गरेको हो ।

    स्वास्थ्य सेवा सञ्चालन गर्न चिकित्सक टोली आइतबार बडिमालिकातर्फ पठाएको नगरप्रमुख धर्मराज शाहीले बताउनुभयो । “बडिमालिकामा लेक लाग्ने, दम बढ्ने, अन्य दुर्घटनालगायत स्वास्थ्य समस्या भएका बिरामीलाई लक्षित गरी टोली पठाइएको हो”, उहाँले भन्नुभयो, “रास्कोटको बाटो हुँदै एक हजार ५०० बढी तीर्थयात्री बडिमालिका गएका छन् ।”

    कालीकोटको रास्कोट नगरपालिका, सान्नी त्रिवेणी र नरहरिनाथ गाउँपालिकाबाट फरक–फरक बाटो हुँदै बडिमालिका पुग्न सकिन्छ । शिविरका लागि रास्कोट नगर अस्पतालका डा कमलप्रसाद बराल, जनकराज न्यौपाने, नागराज बरालसहितको स्वास्थ्यकर्मीको टोली औषधिसहित पठाइएको नगर प्रमुुख शाहीले बताउनुभयो ।

    विगत वर्षमा तीर्थालु लेक लागेर बिरामी पर्ने गरेका थिए । यस वर्ष त्यस्तो समस्या नहोस् भनेर स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको उहाँले बताउनुभयो । देशभरका श्रद्धालु बडिमालिकाको दर्शन गर्न जाने गर्छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    सालक बागमती प्रदेशको गौरव
    सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    • दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.