सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन राष्ट्रिय निकुञ्जमा पाँच महिनामा चार हात्तीले जन्माए छावा


  •    न्युजभित्तो/२० श्रावण २०८२, सोमबार १४:११ 
  • चितवन, १९ साउन । चितवन राष्ट्रिय निकुञ्जमा रहेका चार हात्तीले छावा जन्माएका छन् । विसं २०८१ चैतदेखि यता ती हात्तीले छावा जन्माएका हुन् ।

    निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार विसं २०८१ चैत ८ गते रिमझिम कलीले दीपगज, विसं २०८२ असार २८ गते लोकतन्त्रकलीले बेदगज, असार ३० गते तीर्थमानकलीले बिभ्रकली र साउन ७ गते तमोरकलीले रामप्रितगज जन्माएका हुन् ।

    निकुञ्जले सञ्चालन गरेको हात्ती प्रजनन केन्द्र खोरसोरमा रहेका हात्तीले छावा जन्माएका हुन् । हात्तीले गर्भधारण गरेको १८ देखि २२ महिनामा बच्चा जन्माउने गर्दछ । खोरसोरमा अब चितवनकली गर्भवती रहेको उहाँले जानकारी दिनुभयो । चितवनकलीले अबको दुई तीन महिनामा छावा जन्माउने उहाँले बताउनुभयो ।

    अहिले खोरसोरमा रहेका छ वटा छावालाई तालिम दिइएको छ भने सात वटालाई तालिम दिन बाँकी रहेका छन् । अहिले निकुञ्जका विभिन्न स्थानमा गरी ५८ वटा हात्ती रहेका छन् । हात्तीले बच्चा जन्माउन लामो समय लाग्ने भएकाले जन्मिएका छावालाई विशेष रूपमा हेर्ने गरिएको छ । छावाको न्वारन विधिपूर्वक गरिने गरिन्छ ।

    प्रजनन केन्द्रमा हुर्किएर तालिम दिएपछि हात्तीलाई निकुञ्जका विभिन्न सुरक्षापोष्टमा पठाउने गरिन्छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.