सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा सूचीकृत नभएका कन्सलटेन्सीलाई तीन दिनभित्र कागजात पेस गर्न निर्देशन


  •    न्युजभित्तो/२० श्रावण २०८२, सोमबार १०:५६ 
  • भरतपुर, १९ साउन । चितवनका ६७ वटा शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण दिने संस्था (कन्सलटेन्सी)हरु जिल्ला प्रशासन कार्यालयमा अझै सूचीकृत भएका छैनन् । सूचीकृत नभएका कन्सलटेन्सीलाई तीन दिनभित्र कागजपत्र पेश गर्न निर्देशन दिँदै प्रशासनले सूचना जारी गरेको छ ।

    सूचीकृत हुन पटक-पटक आह्वान गर्दा पनि केहि कन्सलटेन्सी सम्पर्कमा नआएपछि प्रशासन कार्यालयले कन्सलटेन्सीहरुको अनुगमन गरेको थियो । अनुगमनका क्रममा ६७ वटा कन्सलटेन्सी शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण सञ्चालन निर्देशिका सञ्चालन नभएको पाइएको छ ।

    कानुन बमोजिम सञ्चालन नभएका कन्सलटेन्सीहरुलाई तीन दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयबाट प्राप्त अनुमति तथा सोसँग सम्बन्धित कागजपत्र पेश गर्न भनिएको छ । तोकिएको समयभित्र कागजपत्र पेश नगर्ने संस्थाहरु बन्द गरी कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाउने प्रशासनले सूचना मार्फत जनाएको छ । यसबाहेक प्रशासन कार्यालयम सूचीकृत भई थप कागजपत्र पेश नगरेका कन्सलटेन्सीलाई पनि तीन दिनभित्र पेश गर्न भनिएको छ ।

     

      

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.