सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गैंडाको आक्रमणबाट एकको मृत्य, चालु आवमा जंगली जनावरबाट १२ को ज्यान गयो


  •    /१७ बैशाख २०७६, मंगलवार १४:२८ 
  • चितवन :
    चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदीमा माछा मार्न गएका चार जना मध्ये एक जनालाई गैंडाले आक्रमण गर्दा उनको मृत्यु भएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गोपाल घिमिरेका अनुसार भरतपुर महानगरपालिका वडा नं. २८ साराङघाटमा सोही ठाउँका ५९ वर्षिय फडिन्द्र चौधरीको गैंडाको आक्रमणबाट मृत्यु भएको हो ।

    घिमिरेका अनुसार सोमबार साँझ ७ बजेको समयमा चौधरी, बुद्धिराम महतो, विजय महतो र बिक्रम महतो माछा मार्न गएका थिए । नदीको पानीमा रहेको गैंडाले चौधरीलाई आक्रमण गरी घाईते बनाएको थियो । अन्य तीन जना भने सकुशल रहेका छन् ।

    घाईते चौधरीलाई सोमबार साँझ ९ बजे चितवन मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको थियो । चौधरीको मंगलबार बिहान ३ः३० बजेको समयमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    चालु आर्थिक वर्षको हालसम्म जंगली जनावरको आक्रमणबाट निकुञ्ज र आसपासका क्षेत्रमा १२ जनाको मृत्यु भएको छ । सूचना अधिकारी घिमिरेका अनुसार गैंडाको आक्रमणबाट यो सहित तीन जना, बाघको आक्रमणबाट तीन जना र हात्तीको आक्रमणबाट ६ जनाको मृत्यु भएको हो । ती मध्ये १० जना मध्यवर्ती क्षेत्रमा र दुई जना निकुञ्ज क्षेत्रमा भएका घटना हुन् । मध्यवर्ती क्षेत्रमा जंगली जनावरबाट आक्रमण भएमा क्षतिपूर्ति दिने व्यवस्था रहेको छ भने निकुञ्जभित्रै भएका घटनाको क्षतिपूर्ति दिंदैन ।

    गत आर्थिक वर्षमा जंगली जनावरको आक्रमणबाट पाँच जनाको मृत्यु भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको माधवपुरमा राष्ट्रिय भजन तथा शङ्ख वादन प्रतियोगिता हुने 
    रासस गण्डकी प्रदेश प्रमुख पौडेल सम्मानित
    गोरखामा पूर्वप्रधानमन्त्री डा भट्टराईको उम्मेदवारी फिर्ता
    • उत्साहित छन् नयाँ मतदाता
    • रुपन्देही–२ मा राप्रपा उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता
    • मिथिलाञ्चलमा आज ‘हलो र गोरु पूजा’
    • साना दल र स्वतन्त्रका अधिकांश युवा उम्मेदवार

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.