सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निःशुल्क रगत उपलब्ध गराउन दुई करोडको अक्षयकोष


  •    न्युजभित्तो/२० श्रावण २०८२, सोमबार १०:३६ 
  • काभ्रेपलाञ्चोक, १९ साउन । यहाँका नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउन रु दुई करोडको अक्षयकोषको स्थापना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको आयोजनामा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाको उपस्थितिमा आज उक्त कोष स्थापना गरिएको हो ।

    मन्त्री थापाले व्यक्तिगत रु ५५ हजार ५५५ प्रदान गर्ने घोषणा गर्नुभयो । “रेडक्रसले विपद्मा धेरै काम गरेको छ, यसरी जिल्लामा ब्लड बैंक स्थापना गर्नु निकै सराहनीय कार्य हो, यसको निरन्तरता हुनुपर्छ”, उहाँले भन्नुभयो । उहाँले बागमती सरकारबाट रु २५ लाख कोषमा राखेको जानकारी गराउनुभयो ।

    उहाँले सो अवसरमा प्रदेशस्थित स्वास्थ्य मन्त्रालयले स्वास्थ्यसम्बन्धी थप कार्य तथा रगत सङ्कलनार्थ आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका जिल्ला शाखा सभापति देबेन्द्र भैलले जिल्लाबासी कोही पनि रगत अभावका कारणले मर्नु नपरोस भन्न अभियान थालिएको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लास्थित रेडक्रसले २४ सै घण्टा ब्लड बैंक सञ्चालन गर्दे आएको र त्यसलाई थप ब्यबस्थापन तथा प्रविधिमैत्री बनाउन छ । सो अवसरमा भैलले कोषमा रु ५० हजार प्रदान गर्ने घोषणा गर्नुभयो ।

    अक्षयकोषका लागि जिल्लामा रहेका ३८ वटा उपशाखाले जनही रु एक लाखका दरले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । बनेपा उपशाखाले रु १० लाख, कुशादेवी उपशाखा रु पाँच लाख, पनौती उपशाखाले रु एक लाख ११ हजार सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) काभ्रेपलाञ्चोक जिल्ला कमिटीका उपसचिव रत्नकुश रञ्जितले रु एक लाख एक हजार, उद्योग वाणिज्य महासङ्घका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण बैद्यले रु ५५ हजार, बनेपाका देशसुधार भैलले रु ५० हजार, बनेपा नगरप्रमुख शान्तिरत्न शाक्यले रु ५० हजार, पाँचखाल नगरप्रमुख महेश खरेलले रु ५० हजारलगायतले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    सालक बागमती प्रदेशको गौरव
    सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    • दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.