सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आँखा उपचार सेवालाई थप प्रभावकारी बनाउन सहकार्य


  •    न्युजभित्तो/२० श्रावण २०८२, सोमबार १०:१९ 
  • काठमाडौँ, १९ साउन । नेपाल नेत्रज्योति सङ्घ र नेपलिज डक्टर्स एसोसिएसन बेलायतकाबीचमा आँखा उपचारका क्षेत्रमा आपसी सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । बेलायतमा रहेका नेपाली चिकित्सकको संस्थाको ४० औँ वार्षिकोत्सवका अवसमा आइतबार आयोजित कार्यक्रममा उक्त समझादारीपत्रमा हस्ताक्षर गरिएको हो । समझादारीपत्रमा सङ्घका तर्फबाट केन्द्रीय सदस्य प्राडा सबिना श्रेष्ठ र एसोसिएसनका तर्फबाट अध्यक्ष सञ्जीव नेपालीले हस्ताक्षर गर्नुभएको सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

    सङ्घकी सदस्य प्राडा श्रेष्ठका अनुसार नेपालमा आँखा उपचार सेवाका विकास र विस्तारको उद्देश्यसहित दुई संस्थाका बीचमा सहकार्य भएको हो । उहाँले एसोसिएसनले नेपालमा सञ्चालन हुने आँखा उपचार सेवासम्बन्धी कार्यक्रमलाई थप प्रभावकारी बनाउन स्वयंसेवी सेवामा संलग्न हुन इच्छुक योग्य नेत्र विशेषज्ञ तथा आँखाका स्वास्थ्यकर्मीलाई नेपालमा परिचालन गर्ने जानकारी दिनुभयो ।

    त्यसैगरी आँखा उपचारका लागि आवश्यक स्वास्थ्य उपकरण तथा औषधिको व्यवस्थापनका लागिसमेत एसोसियसनले समन्वय गर्नेछ ।

    एसोसिएसनले नेपालमा विभिन्न निःशुल्क उपचार शिविरसहित विभिन्न सामाजिक कार्य गर्दै आएको छ । विसं २०३५ मा स्थापना भएको नेपाल नेत्रज्योति सङ्घ नेपालकै अग्रणी गैर–सरकारी संस्था हो । यसले सुलभ र गुणस्तरीयय आँखा उपचार सेवा प्रदान गर्दै आएको छ । २८ आँखा अस्पताल, दुई सय २४ आँखा उपचार केन्द्र र ४५ जिल्ला शाखामार्फत सङ्घले वार्षिक ३० लाखभन्दा बढी व्यक्तिलाई सेवा दिँदै आएको छ, भने तीन लाखभन्दा बढी आँखाको शल्यक्रिया गर्दै आएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    • दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.