सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन निकुञ्जमा नयाँ हात्ती छावाको नामकरण: ‘रामप्रितगज’


  •    न्युजभित्तो/१९ श्रावण २०८२, आईतवार १६:५४ 
  • भरतपुर, १८ साउन । चितवन राष्ट्रिय निकुञ्जका पूर्वसंरक्षण अधिकृत रामप्रित यादवको सम्मानमा ‘तमोरकली’ नामक हात्तीले जन्माएको छावाको नाम ‘रामप्रितगज’ राखिएको छ । 
    खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा आज भएको न्वारनमा छावाको नाम ‘रामप्रितगज’ राखिएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तले चितवन निकुञ्जको संरक्षणमा स्थापनाकालदेखि नै योगदान दिएका रामप्रितको सम्मानमा रामप्रितगज नामकरण गरिएको बताउनुभयो । 
    “विभिन्न संरक्षणकर्मीको सम्मानमा हात्तीको छावा नामकरण गर्दै आइहेका छौँ, यसपटक चितवन निकुञ्जको संरक्षणमा सुरुदेखि नै योगदान दिनुभएका संरक्षणकर्मीको सम्मानमा नामकरण गरेका हौँ”, उहाँले भन्नुभयो ।
    चितवन निकुञ्ज स्थापनाकालमा यादव रेञ्जर पदमा रहेर संरक्षणमा खटिनुभएको थियो । उहाँले निकुञ्जको प्रमुख संरक्षण अधिकृत समेत भएर काम गरिसक्नुभयो । यादव हाल अवकाश भइसके पनि संरक्षणको क्षेत्रमा सक्रिय हुनुहुन्छ । 
    उहाँकै उपस्थितिमा हात्तीको नामकरण गरिएको हो । सो क्रममा यादवले भन्नुभयो, “मैले सुरुदेखि यो निकुञ्जको संरक्षणमा सक्रिय हुन पाएँ, मैले के–कति गर्नसके भनने अरुले मूल्याङ्कन गर्नुहुनेछ,  मेरो सम्मानमा हात्तीको नामकरण हुँदा गर्व महसुस भएको छ ।”
    ‘रामप्रितगज’ तमोरकली हात्तीको तेस्रो सन्तान हो । रामप्रितगजको जन्म यही साउन ७ गते भएको हो । यसलाई ‘रोनाल्डो’ नामक हात्तीको सन्तान मानिएको छ । 
    यहाँ जन्मिने भाले छावाको नामको पछाडि ‘गज’ र पोथी हात्तीको नामको पछाडि ‘कली’ राख्ने प्रचलन छ । चालु आर्थिक वर्ष २०८२र८३ मा जन्मिएको यो पहिलो छावा हो । गत आव २०८१र८२ मा पाँच वटा छावाको जन्म भएको हात्ती प्रजनन केन्द्रका प्रमुख मनपुरन चौधरीले जानकारी दिनुभयो ।
    हाल यस प्रजनन केन्द्रमा नौ वटा ठूला हात्ती, छ वटा तालिम प्राप्त हात्ती र सात वटा तालिम नगरेका गरी २२ वटा हात्ती छन् । प्रजनन केन्द्र र निकुञ्जभित्रका विभिन्न पोस्टमा गरी हाल ५८ वटा हात्ती छन् । विसं २०४४ मा स्थापना भएको प्रजनन केन्द्र तथा तालिम केन्द्रमा २०५० सालदेखि बच्चा जन्मिन सुरु भएको हो । हालसम्म यस केन्द्रमा ६९ वटा बच्चा जन्मिएका छन् । जसमध्ये छ वटा हात्ती विभिन्न कारणले मरिसकेका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.