सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘वाग्मती प्रदेश पूर्ण खोप प्रदेश घोषित’


  •    न्युजभित्तो/१७ श्रावण २०८२, शुक्रबार १६:२६ 
  • भक्तपुर, १६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा वाग्मती प्रदेशलाई पूर्ण खोप दिइएको प्रदेशका रुपमा घोषणा गरिएको छ ।

    आज भक्तपुरमा वाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले १३ जिल्ला र ११९ पालिकाका बालबालिकालाई १५ महिनाको उमेरभित्र पूर्ण खोप दिएको सुनिश्चित भएसँगै उक्त घोषणा गर्नुभएको हो ।

    सङ्घीय सरकारअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय पूर्ण खोप समन्वय समितिबाट प्राप्त प्रमाणपत्रका आधारमा वाग्मती प्रदेशलाई यस किसिमको सफलता प्राप्त भएको हो ।

    कार्यक्रममा प्रधानमन्त्री ओलीले खोप समितिको प्रमाणपत्र प्रदेशका स्वास्थ्यमन्त्री किरण थापालाई हस्तान्तरण गर्नुभयो । सोही अवसरमा प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रको ‘डिजिटल हेल्थ’ कार्यक्रमको पनि उद्घाटन गर्नुभयो ।

    प्रधानमन्त्री ओलीले पूर्ण खोप घोषणा भएकामा प्रदेशलाई बधाई दिँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय गन्तव्य प्राप्तिका लागि ‘निरोगी नेपाल’ अभियान सञ्चालन गरिएको बताउनुभयो । उहाँले नेपालमा मानिसका साथै पशुपक्षी र वनस्पति पनि निरोगी हुन् तथा सहर र गाउँ सफा रहून् भन्ने सोचका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो ।

    “रोग लाग्न सक्छ तर हामीले रोगका कारण र बाटाहरुलाई बन्द गर्ने प्रयास गर्नुपर्छ । त्यसको एउटा उपाय खोप हो । यो अभियान सफल हुँदै गएकामा म खुसी व्यक्त गर्दछु”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हाम्रो संविधानले स्वास्थ्य सेवालाई मौलिक हकमा समावेश गरेको छ । उक्त हक प्राप्तिको दिशामा खोप अभियान सार्थक भएको छ । २०८३ सालमा हामी विकासशील मुलुकमा स्तरोन्नति हुँदैछौँ । त्यसका लागि पनि यो अभियान महत्वपूर्ण साबित भएको छ । यस्ता अभियान सञ्चालनमा हामीले अब अरू प्रदेशलाई पनि प्रेरित गर्नुपर्दछ ।”

    प्रधानमन्त्री ओलीले खोप अभियानका क्रममा उत्कृष्ट कर्मचारी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गर्नुभयो । प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले स्वास्थ्य क्षेत्रको निरन्तर खटाइबाट पूर्ण खोप अभियान सफल भएको बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    • दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.