सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विद्यार्थीकै स्वास्थ्यका लागि विद्यालयमा नर्स


  •    न्युजभित्तो/१७ श्रावण २०८२, शुक्रबार १४:१८ 
  • दोधारा चाँदनी (कञ्चनपुर), १६ साउन । कञ्चनपुरका तीन पालिकाका सामुदायिक विद्यालयमा कक्षा कोठामै विद्यार्थीको स्वास्थ्य परीक्षण हुने गरेको छ ।
    सुदूरपश्चिम प्रदेश सरकारको ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम अन्तर्गत कञ्चनपुरका तीन स्थानीय तहमा कक्षा कोठामै विद्यार्थीको नियमित स्वास्थ्य परिक्षण हुने गरेको हो । बलौरी नगरपालिका, लालझाडी गाउँपालिका र बेलडाँडी गाउँपालिकामा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम सञ्चालनमा आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश जोशीले जानकारी दिनुभयो । 
    “विद्यालयमा विद्यार्थीको स्वास्थ्य परिक्षणसँगै सचेतनामुलक कक्षा समेत सञ्चालन गर्दैआएका छौँ”, उहाँले भन्नुभयो, “यसका लागि एक पालिकामा एक जना स्टाफ नर्स खटिएका छन ।” उहाँले विद्यालयमा विद्यार्थीको प्राथमिक उपचार  र स्वस्थकर खानपिन शिक्षा लगायतका विषयमा कक्षा समेत सञ्चालन हुने गरेको बताउनुभयो । 
    उक्त कार्यक्रम अन्तर्गत लालझाडी गाउँपालिकामा खटिनुभएका स्टाफ नर्स निधि धामीले कक्षा कोठामा विद्यार्थीको आखाँ जाँच, दातको परीक्षण र प्राथमिक उपचार तथा सचेतनामुलक कक्षा सञ्चालन गर्ने गरेको बताउनुभयो ।
    “६ महिनामा एक पटक रक्तअल्पता, ऐनिमिया र प्राथमिक उपचार गर्ने गरेको छु”, स्टाफ नर्स धामीले  भन्नुभयो, “उपचार बाहेक विद्यार्थीलाई पोषण सम्बन्धी ज्ञान, महिनावारी, वातावरण सरसफाई, व्याक्तिगत सरसफाई, मानसिक स्वास्थ्य, लागुऔषध र यौन तथा यौनिकताबारे सचेतना कक्षा सञ्चालन हुन्छन ।” यसबाट विद्यार्थीमा सकारात्मक प्रभाव देखिएको उहाँले बताउनुभयो । 
    “विद्यार्थीले खुलेर आफ्ना समस्या राख्ने गरेका छन्”, स्टाफ नर्स धामीले  भन्नुभयो, “प्राथमिक उपचार यहिँ हुन्छ, जाँचका क्रममा ठूलो समस्या देखिए उपचारका लागि पठाउँछौ ।” 
    सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी जयदेव महराले उक्त कार्यक्रम अन्तर्गत प्रदेशका २८ विद्यालयमा स्टाफ नर्स खटिएका  बताउनुभयो । रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    • दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.