सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पाटन अस्पताललाई स्तरोन्नति गरिने


  •    न्युजभित्तो/१७ श्रावण २०८२, शुक्रबार १३:२० 
  • काठमाडौँ, १६ साउन । ललितपुरको पाटन विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालित पाटन अस्पताललाई स्तरोन्नति गरिने भएको छ । हाल ६०० शय्यामा सञ्चालित उक्त अस्पताललाई एक हजार २०० शय्यामा सञ्चालन गर्न वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनसम्बन्धी रायसुझाव सङ्कलन गर्ने काम भइरहेको छ ।

    वन तथा वातावरण मन्त्रालयका सहसचिव धीरेन्द्रकुमार प्रधानको अध्यक्षतामा आज बसेको बैठकले नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्न आवश्यक पर्ने भौतिक पूर्वाधारलाई वातावरणीय प्रभावको हिसाबले सम्पन्न गर्नुपर्ने सुझाव दिएको छ । बैठकमा सहसचिव प्रधानले पाटन अस्पतालको महत्व दिन प्रतिदिन बढ्दै गएकाले यसलाई सबै हिसाबले समयमै सम्पन्न गर्न लाग्नुपर्ने बताउनुभयो ।

    ललितपुर महानगरपालिका–५ मा ५२ रोपनी क्षेत्रफलमा फैलिएको उक्त अस्पतालले हाल ६०० शय्यामार्फत बिरामीलाई सेवा प्रदान गर्दै आएको छ । मन्त्रालयका उपसचिव एवं रायसुझाव समितिका सदस्यसचिव रमेशबहादुर बस्नेतले आधुनिक एवं वातावरणमैत्री संरचना निर्माणलाई प्रतिवेदनले उच्च प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभयो ।

    पाटन विज्ञान प्रतिष्ठानका रजिष्ट्रार प्राडा पारसकुमार आचार्यले बिरामीको बढ्दो चापलाई हेरेर अस्पतालको क्षमता वृद्धि गर्न लागिएको बताउनुभयो । अस्पतालले हाल दैनिक दुई हजार बिरामीलाई ओपिडी र ६०० बिरामीलाई भर्ना गरेर उपचार गर्दै आइरहेको छ । वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन अध्ययन गरिरहेको नेपाल रुलर एन्ड एडभान्समेन्ट कमिटी प्रालि (एनआरएसी) का प्रमुख डा ज्योतिप्रसाद गजुरेलले डबल बेसमेन्टसहित आठतले अत्याधुनिक अस्पताल वातावरणमैत्री हुने बताउनुभयो ।

    उक्त अस्पतालको फोहोर व्यवस्थापन, ट्राफिक व्यवस्थापन, वातावरणमैत्री संरचनालगायत क्षेत्रमा अध्ययन गरिएको थियो । करिब १० अर्ब लागतमा बन्न लागेको नयाँ अस्पताल भवनमा भविष्यमा सबै किसिमका बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    • दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.