सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माडी प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सदस्यले लिए सपथ


  •    न्युजभित्तो/१६ श्रावण २०८२, बिहीबार १८:१४ 
  • माडी, १५ साउन । माडी नगरपालिकामा प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरुले शपथग्रहण गरेका छन् । नारायणप्रसाद सापकोटा अध्यक्ष रहेको प्रतिष्ठानका सबैले आज एक कार्यक्रमबीच सपथग्रहण गरेका हुन् ।

    प्रतिष्ठान १७ सदस्यीय समितिको उपाध्यक्षमा चन्द्रमणि महतो (सीएम अपिल चितौने) र सदस्य सचिवमा प्रविण भण्डारी रहनु भएको छ । सदस्यहरूमा प्रेम विष्ट, विपिन पाठक, इन्दिरा दाहाल, श्याम दुरा, पार्वती विश्वकर्मा, सूर्यबहादुर केसी (सूर्यमध्यरात), सुमन तिमिल्सिना, इज्द्रकुमारी महतो, सत्यप्रकाश पौडेल, सुदर्शन सुवेदी, हिरामति महतो, नारायण दुबे र अञ्जु तमाङ रहनु भएको छ । माडी नगरपालिकाको सामाजिक विकास समितिका संयोजक दिपेन्द्र पौडेल पदेन सदस्य रहनु भएको छ ।

    सपथग्रहण कार्यक्रममा माडी ऐतिहासिक, सांस्कृतिक, सामाजिक र राजनीतिक रूपमा धेरै नै सम्पन्न भूभाग भएकाले यस कुरालाई कला साहित्यमार्फत उजागर गर्ने जिम्मेवारी पूरा गर्ने अध्यक्ष सापकोटाले बताउनुभयो ।

    कार्यक्रममा माडी नगरपालिकाका मेयर ताराकुमारी काजी महतोले माडीको सिर्जनालाई उजागर गर्न प्रतिष्ठान सफल होस् भन्ने शुभकामना दिनुभयो । “माडी नगरपालिकामा धेरै जातजाति मिलेर बसेका छौं। यो कला संस्कृतिको सङ्ग्राहलय हो। प्रकृतिले साथ दिएको छ” उहाँले भन्नुभयो । ऐतिहासिक स्थल पनि प्रशस्त भएको चर्चा गर्दै मेयर महतोले सबै पक्षको उजागर हुने अपेक्षा गर्नुभयो । चार वर्षे कार्यकाल रहने समितिको गठन असार १६ गतेको नगर कार्यपालिका बैठकले गरेको थियो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.