सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आकाश ताक्दै किसानः महोत्तरीमा ३५ प्रतिशतमात्र रोपाइँ


  •    न्युजभित्तो/१५ श्रावण २०८२, बुधबार १६:२८ 
  • गोपालप्रसाद बराल

    महोत्तरी, १४ साउन । आज साउन दोस्रो साता लागिसकेको छ । लामो खडेरीले आतिएका यहाँका किसानले अझै आकाश ताक्न छाडेका छैनन् । आकासे पानीको भरमा रहेका किसान साउन दोस्रोसम्म वर्षा भएर रोपाइँ गर्न पाइन्छ कि भन्ने आशामा आकाश ताक्दै बसेका छन् । रोपाइँको समय घर्कंदै जाँदा पनि यहाँका किसान वर्षा भइहाले अलिअलि भए पनि रोपाइँ गर्न पाइन्थ्यो भन्ने आशमा बसेका हुन् ।

    “मध्य साउनमा धानको रोपो लहलहाउनुपर्ने हो, हामी अझै पानी परे रोप्न पाइन्थ्यो कि भन्ने आशमा छौँ”, भङ्गाहा–१ का किसान रामकिसन मण्डलले भन्नुभयो । यसपालि धानको बीउ राख्ने, बीउ रोप गर्ने र खरुअन ९कलम, पहिलो रोपो गाँजिएपछि उखेलेर रोप्ने० रोपका परम्परागत तालिका पानी नपरेर त्यसै बितेका उहाँको भनाइ छ ।

    मधेससहित महोत्तरीमा गत जेठ २२ भित्र बीउ राख्ने, असार २२ भित्र बीउ रोप सक्ने र साउन २२ गतेभित्र खरुअन रोपीसक्ने तालिका मानिन्छ । खरुअन बीउ अपूग हुँदा र बर्खे धान तथा अन्यबाली काटेर रोपाइँ गरिन्छ । यसपालि पानी नपर्दा यी तालिका सबै खल्बलिएका स्थानीय इस्राफिल राइनले बताउनुभयो ।

    पानी पर्ला र धान रोपौँला भन्ने आसैआसमा मध्य साउन बित्न लाग्दासम्म रोपाइँ हुन नसकेपछि किसान चिन्तित छन् । गत सोमबार एकछिन परेको पानीले ब्याडमा पहेँलिँदै गरेको बीउ र अघिको रोपो जगाए पनि नउाँ रोपाइँका लागि नभएको किसान बताउँछन् ।

    जिल्लामा साउन दोस्रो सातासम्म ३५ प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयले जनाएको छ । रोपिएको धान पनि सर्वसाधारणका लागि निकै खर्चिलो भएको बताइएको छ ।

    “आफ्नो खेतमा इनार÷बोरिङ केही छैन । सबै भाडामा चलाउन पर्दा घरमा भएको अन्नपात सबै सकियो”, बर्दिबास–७ का किसान रितबहादुर खत्रीले भन्नुभयो, “यस वर्ष खाद्य सङ्कट हुने जोखिम छ, के खाएर जीविकोपार्जन गर्ने हो चिन्ता लाग्छ । पानी पर्लाकी भन्ने आशले आकाश ताक्दाताक्दै आँखा टट्टाएका उहाँको भनाइ छ ।

    “अब पानी पर्ला भनेर आकाश ताक्छौँ, पानी पर्दैन । चैत वैशाखको हुरहुरे बतास पो चल्दैछ”, खत्रीले भन्नुभयो, “पूर्वीया यो रुखो बतासले खेतबारीमा भाएको चिस्यान पनि रुख्याउँदैछ ।”

    वीरक्तलाग्दो मौसमले कामको जाँगर सबै हराएको किसान बताउँछन् । असार २२ ताका सक्नुपर्ने बीउ रोप साउन दोस्रो सातासम्म नभएको किसानको दुखेसो छ । अब पानी परी हालेपनि बीउ अपुग भएर रोपाइँ बढ्ने स्थिति नरहेको किसानको निष्कर्ष छ । यसअघि रोपिएका धान पनि राम्ररी नगाजिँदा खरुअन हुने सम्भावना नदेखिएको किसान खत्रीले बताउनुभयो ।

    यसपालि मधेस खडेरीको सङ्कटमा छ । सरकारले तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । मधेसमा हालसम्म करिब ५० प्रतिशत पनि रोपाइँ भएको छैन भने महोत्तरीको करिब ३५ प्रतिशत छ ।्

    महोत्तरीमा कूल ७१ हजार हेक्टर खेतीयोग्य जग्गा भएमध्ये ४२ हजार ५०० हेक्टरमा धानखेती गर्न मिल्ने जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख एवं वरिष्ठ कृषि अधिकृत देवानन्द यादवले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ १० प्रतिशत जग्गामा मात्र स्थायी सिँचाइ ९कुलो, नहर० को व्यवस्था हुँदा अधिकांश खेती आकासे पानीमा निर्भर छ ।

    पछिल्ला केही वर्षयता वैकल्पिक सिँचाइका प्रबन्धका लागि इनार, डिपबोरिङ र स्यालोट्युबबेल जडान गरिएकाले थप १० प्रतिशत जग्गामा सिँचाइ सुविधा पुगेको यादवले बताउनुभयो । यसपालि लामो समयसम्म परेको खडेरीले कुलो, नहरका पानीका मूहान तथा इनार, बोरिङ पनि धमाधम सुक्दै जाँदा सङ्कट चुलिँदै गएको उहाँको भनाइ छ । पानीको हाहाकारका बीच किसानले भूमिगत सिँचाइका स्रोतबाट ३५ प्रतिशत रोपाइँ सकेका उहाँले जानकारी दिनुभयो ।

    न्यूनतम स्रोतसाधन र सुविधा नहुँदा कहिल्यै समयमा खेती लगाउन नपाएको किसानको गुनासो छ । सिँचाइ, मल, बीउ र समयसमयमा प्राविधिक सल्लाहको सुनिश्चितता भए सहज रूपमा खेती गर्न सकिने किसान बताउँछन् । तीनै तहका सरकारले यसतर्फ समन्वयात्मक पहलकदमी लिएनुपर्नेमा उहाँलेहरूले जोड दिनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.