सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेसद्वारा पृथ्वीमान गुरुङलाई उच्च सम्मान


  •    न्युजभित्तो/१५ श्रावण २०८२, बुधबार १४:५५ 
  • चितवन, १४ साउन । विद्यार्र्थीकालदेखि राजनीतिमा सक्रिय रहनुभएका पृथ्वीमान गुरुङले जब विद्यार्थी कोइरालालाई भेट्नु भयो, त्यसपछि उहाँको राजनीति नेपाली कांग्रेसमा सक्रिय रुपमा अघि बढ्यो । विसं २०३१ मा विद्यार्थी कोइराला पश्चिमाञ्चल क्षेत्रको भ्रमणमा रहँदा भेट्नुभएका गुरुङले कोइरालाकै परामर्शमा चितवन झरेर सक्रिय राजनीतिमा लाग्नुभएको जनाइएको छ ।

    विसं २००६ मा कास्कीमा जन्मिनुभएका गुरुङले एमएसीसम्मको अध्ययन गर्नुभएको थियो । प्राध्यापन समेत गर्नुभएका बौद्धिक व्यक्तित्व गुरुङले प्राध्यापन छोडेर चितवनको राजनीतिमा सक्रिय रुपमा लाग्नुभयो ।

    केही समय अघिसम्म गण्डकी प्रदेशको प्रमुखको रुपमा रहनुभएका गुरुङको यही साउन १० गते चितवनस्थित निवासमा निधन भएको छ । राजनीतिक र सामाजिक जीवनमा ठूलो योगदान पु¥याउनुभएका गुरुङको निधनसँगै प्रदेश सरकार र उहाँको पार्टी कांग्रेसले उच्च सम्मान व्यक्त गरेको छ ।

    तीन दिनसम्म जिल्लास्थित पार्टीका कार्यालय बन्द गरेको कांग्रेस चितवनले आज जिल्लाका सबै तहहरुमा शोक पुस्तिका राखेर सम्मान व्यक्त गरेको छ । जिल्ला सभापति राजेश्वर खनालका अनुसार गुरुङ विद्यार्थीको परामर्शमा चितवन आएर प्राध्यापक छोडेर यहाँको सामाजिक परिवर्तन र राजनीतिक काममा सक्रिय हुनुभएको हो ।

    नेपाली कांग्रेसको जिल्ला कार्यसमितिको धेरै पटक सदस्य, आठौँ महाधिवेशनदेखि नै महासमिति सदस्य रहनुभएका गुरुङ विसं २०६१ देखि ०६३ सम्म जिल्ला सभापति हुनुभयो । विसं २०४६ मा तत्कालीन जिल्ला सभापति कृष्णलाल सापकोटाको संयोजकत्वमा केन्द्रले गठन गरेको पाँच सदस्यीय जनआन्दोलन समितिमा उहाँ सदस्य हुनुहुन्थ्यो ।

    विसं २०४८ मा चितवन क्षेत्र नं ३ बाट पार्टीको तर्फबाट उम्मेदवार भएर गुरुङ झिनो मतले पराजित हुनुभयो । पराजित भए पनि उहाँ जनताको काममा निरन्तर लाग्नुभयो । विद्यार्थी क्यान्सर मेमोरियल अस्पताल, माडीलाई भरतपुरसँग जोड्ने राप्तीमा पुल निर्माण, निकुञ्जभित्रको बस्ती पदमपुर स्थानान्तरण, पूर्वी चितवनको राप्ती तटबन्धनजस्ता जिल्लाका ठूला विकास आयोजनामा उहाँको महत्वपूर्ण भूमिका रहेको खनाल बताउनुहुन्छ ।

    विसं २०४८ पछि गिरिजाप्रसाद कोइराला पटकपटक प्रधानमन्त्री हुँदा यी विकासका आयोजना सम्पन्न भएका हुन् । त्यसो त सो समयमा पश्चिम चितवनको विकासमा गुरुङको योगदान महत्वपूर्ण छ । पश्चिम चितवन मात्रै होइन भरतपुर क्षेत्रमा सञ्चालनमा आएका ठूला दुई मेडिकल कलेज स्थापना गर्न गुरुङले भूमिका निर्वाह गरेको खनालले बताउनुभयो ।

    पार्टीमा रहेर जनताको हितमा काम गरेका कारण पूर्व सभापति गुरुङलाई जिल्ला समितिले उच्च सम्मान दिएर १३ दिनसम्म नै शोकका कार्यक्रम मात्रै गरिरहेको खनाल बताउनुहुन्छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.