सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अनलाइन नागरिकता सिफारिस प्रणालीले घट्यो सेवाग्राहीको चाप


  •    न्युजभित्तो/१३ श्रावण २०८२, सोमबार १२:४८ 
  • सिरहा, १२ साउन । इलाका प्रशासन कार्यालय लहानमा गत फागुन महिनादेखि सुरु गरिएको अनलाइन नागरिकता सिफारिस प्रणालीले सेवाग्राहीको चापमा उल्लेखनीय कमी ल्याएको छ । वडा कार्यालयबाटै नागरिकता सिफारिसका लागि अनलाइन आवेदन दिन सकिने व्यवस्था भएपछि दैनिक सेवाग्राहीको भीड न्यून हुनको साथै सेवा प्रवाह पनि सहज भएको कार्यालयले जनाएको छ ।

    ‘डिजिटल’ सेवा प्रवाहलाई सहज बनाउने उद्देश्यले सुरु गरिएको यो प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै गएको कार्यालयका प्रमुख गोकर्णराज सुयलले बताउनुभयो । “अनलाइन सिफारिस प्रणालीबाट नागरिकता बनाउँदा प्रक्रियागत झन्झट कम हुनुका साथै समयको बचत हुने भएकाले सेवाग्राहीलाई धेरै सहज बनाएको छ”,उहाँले भन्नुभयो,“पहिले दिनभर लाइन बस्नुपर्ने बाध्यता थियो, अब त्यो हट्यो । हामीले दैनिक कामको दबाब पनि व्यवस्थापन गर्न सकिरहेका छौंँ । सेवाग्राहीको चापसमेत व्यवस्थित भएको छ ।”

    उहाँका अनुसार, अनलाइन प्रणाली सुरु भएपछि अभिलेखीकरण प्रक्रिया सहज भएको छ भने सेवा प्रवाहमा छरितोपन आएको छ । प्रविधिमैत्री सेवा उपलब्ध गराउन सहज भएको र झुटा वा किर्ते विवरणका आधारमा नागरिकता लिने कार्यमा पनि नियन्त्रण कायम भएको कार्यालय प्रमुख सुयलले बताउनुभयो । उहाँले यो प्रणालीले समग्र सेवा प्रवाहलाई ‘विचौलिया मुक्त’ बनाइ थप प्रभावकारी बनाएको उल्लेख गर्नुभयो ।

    कार्यालयका अनुसार, अनलाइन प्रणाली सुरु भएको पाँच महिनाको यस कार्यालयको कार्यक्षेत्रमा पर्ने विभिन्न स्थानीय तहको गरी ४० वटा वडा कार्यालयबाट अनलाइन सिफारिसमार्फत कूल एक हजार पाँच सय ८१ जना सेवाग्राहीले नागरिकता लिएका छन् । यसमा लहान नगरपालिकाका २४ वटै वडाबाट आठ सय ५४ जना, भगवानपुर गाउँपालिकाका– पाँच वडाबाट दुई सय १२ जना, सखुवानन्कारकट्टी गाउँपालिकाका पाँच वडाबाट दुई सय एक जना, धनगढीमाई नगरपालिकाका–१२, १३ र १४ बाट एक सय ३४ जना, लक्ष्मीपुर पतारी गाउँपालिकाका –२ र ६ बाट एक सय २० जना र नवराजपुर गाउँपालिकाका–१ बाट ६० जना सेवाग्राही रहेका छन् ।

    सेवाग्राहीले सम्बन्धित वडा कार्यालयमा आवश्यक कागजपत्र लिएर गएपछि त्यहीँबाट अनलाइनमार्फत सिफारिस प्रक्रिया सुरु गरिन्छ । लहान इलाका प्रशासन कार्यालयले जिल्लामै पहिलोपटक अनलाइन नागरिकता सिफारिस सेवा सुरु गरेको हो । सिफारिसका विवरणहरू सफ्टवेयर प्रणालीमा प्रविष्ट भएपछि ती जानकारी गृह मन्त्रालय अन्तर्गत रहेको नागरिकता फाँट विभागमा रजिष्ट्रेशन कोडको आधारमा प्रत्यक्ष रूपमा पहुँचयोग्य हुन्छन् । यसै प्रक्रियाबाट सेवाग्राहीले सहज रूपमा नागरिकता प्राप्त गर्न सक्ने कार्यालयले जनाएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.