सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पत्रकार पराजुलीको उपन्यास ‘बखान’ प्रकाशोन्मुख


  •    न्युजभित्तो/१३ श्रावण २०८२, सोमबार १०:३८ 
  • चितवन, १२ साउन । तत्कालीन राणाशासन र पञ्चायतका विरूद्ध आफ्ना छोराद्वय गुमाएका पात्र हुन् बखानसिंह गुरुङ । विसं २००७ को बन्दीपुर कब्जा गर्दा छोरा धर्मध्वज गुरुङ गुमाएका बखानले विसं २०१८ को भरतपुर काण्डमा दोस्रो छोरा लालध्वज गुरुङ पनि गुमाउन पुगे । 
    तनहुँको पुलिमराङमा जन्मिएर चितवनको बस्ती विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेका बखानसिंहको जीवन यात्रालाई उपन्यासमा समेटिएको छ । चितवनको ऐतिहासिक पृष्ठभूमिलाई समेटेर उठान हुने उपन्यास ‘बखान’ पत्रकार वसन्त पराजुलीले  लेख्नु भएको हो । शिखा बुक्सद्वारा सो उपन्यास प्रकाशन हुन लागेको हो ।
    शिखा बुक्सका प्रबन्ध निर्देशक पुष्पराज पौडेलले यही साउन अन्तिममा बखान उपन्यास बजारमा आउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी प्रकाशनको अन्तिम तयारीमा छौँ । साउन अन्तिमसम्ममा किताब बजारमा ल्याउने हाम्रो तयारी छ । ”  विसं २०१३ मा सहकारी संस्था स्थापना गरेका बखानसिंह र उहाँको परिवारमाथि त्यतिबेला राज्यपक्षबाट भएका ज्यादती, बखानसिंहले गरेका सङ्घर्षलाई उपन्यासमा समेट्ने प्रयास गरिएको छ । लेखक पाराजुलीले चितवनमा बस्ती विकास गरेको विषयसँगै तत्कालीन राजा महेन्द्रको निधन, चितवन राष्ट्रिय निकुञ्जमा सिकार गरेको इतिहासलाई पनि उपन्यासमा मुख्य विषयवस्तु बनाइएको जानकारी दिनुभयो ।
    मायाप्रेम, राजनीतिक उतारचढाव, सामाजिक परम्परा, गुरूङ समुदायमा प्रचलित रोदी परम्परा, बसाइँसराइ लगायतका विषयलाई लेखकले औपन्यासिक रुप दिनुभएको छ ।   कतै न कतैबाट बखानसिंहको जीवन सङ्घर्ष उपन्यासको रुपमा पाठकले पढ्न पाउने उहाँको भनाइ छ । उनीहरु मलेरियासँग कसरी जोगिएर चितवन बचाए भन्ने कुरा पनि उपन्यासमा पढ्न पाइन्छ । 
    यसका अलवा उपन्यासमा चितवनका आदिवासी थारुको संस्कृति, वेषभूषाका बारेमासमेत चर्चा उपन्यासमा गरिएको छ । कुमाता’  ‘मोम्चो’, ‘ड्रिमि आइज’ जस्ता कथासङ्ग्रहमार्फत पाठकमाझ पहिचान बनाएका पत्रकार पराजुली नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्षसमेत हुनुहुन्छ । पराजुलीको उन्यासिक आख्यान बखान पहिलो हो ।-रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.