सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कलैया उपमहानगरले सामुदायिक विद्यालयको स्तर सुधार्न योजनाबद्ध पहल गर्ने


  •    न्युजभित्तो/१२ श्रावण २०८२, आईतवार १६:४५ 
  • वीरगञ्ज (पर्सा), ११ साउन । कलैया उपमहानगरले चालु आर्थिक वर्षमा यहाँका सामुदायिक विद्यालयको पठनपाठन र स्तर सुधार्नका लागि विशेष योजना बनाएर कार्यान्वयन गर्ने भएको छ । उपमहानगरले गत वर्षको एसइई परीक्षामा नतिजा खस्किएसँगै सामुदायिक विद्यालयको पठनपाठन र स्तर सुधार्नेतर्फ विशेष कार्यक्रम अघि बढाउने भएको हो ।

    कलैया उपमहानगरका प्रमुख विनोदप्रसाद साहले आज वीरगञ्जमा कारखाना समूहले आयोजना गरेको ‘शिक्षा नीति संवाद’ कार्यक्रममा विसं २०८२ मा सामुदायिक विद्यालयको गुणस्तर सुधारमा योजनाबद्ध काम गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    “कलैयामा रहेका सामुदायिक विद्यालयको नतिजा राम्रो नआएपछि दोष सबै शिक्षकलाई दिने चलन छ । नतिजा राम्रो ल्याउन शिक्षक, विद्यार्थी, अभिभावक सबैको महत्त्वपूर्ण भूमिका रहन्छ”, उहाँले भन्नुभयो, “यस वर्षको नतिजा सुधारका लागि सुरुवाती चरणदेखि आवश्यक मेहनत गरेर शैक्षिक गुणस्तर सुधार्नेतर्फ ध्यान दिनेछौँ । यसमा सबैले सहकार्य र समन्वय गर्नु जरुरी छ ।”

    प्रमुख साहले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको अनुपस्थितिदर अत्यधिक हुने भएकाले यसलाई सरोकारवाला निकाय, शिक्षक, अभिभावक र विद्यार्थीको सामूहिक पहलबाट जरुरी हुनेमा जोड दिनुभयो ।

    उहाँले भन्नुभयो, “उपमहानगरमा २० वटा माध्यामिक विद्यालयमध्ये अधिकांशमा मावि तहका शिक्षकको दरबन्दी नहुँदा पनि पठनपाठनमा समस्या भइरहेको छ ।” उहाँले प्रावि दरबन्दीका शिक्षक तथा आन्तरिक स्रोतबाट शिक्षक जुटाएर माविमा अध्ययन अध्यापन गराउनुपर्ने बाध्यता रहेको बताउनुभयो ।

    उपमहानगरका शिक्षा महाशाखा प्रमुख राजिवकुमार यादवले सामुदायिक विद्यालयमा शिक्षकको दरबन्दी नहुँदा पठनपाठनमा समस्या हुँदै आइरहेको गुनासो गर्नुभयो । उहाँका अनुसार उपमहानगरभित्र ७१ वटा सामुदायिक विद्यालय छन् ।

    उपमहानगर शिक्षा समिति सदस्य महम्मद सगीरले यहाँका सामुदायिक विद्यालयमा गणित, विज्ञान, अङ्ग्रेजीलगायत विषयका शिक्षक नहुँदा पनि समस्या भइरहेको बताउनुभयो । उपप्रमुख रोशन प्रविणले विद्यालय सुधार्न सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभयो । कारखाना समूहका मधेश प्रदेश संयोजक निरजकुमार मिश्रले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर बढाउनका लागि स्थानीय सरकारले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.