सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हात्ती प्रजनन केन्द्रमा ३३ वर्षमा ६८ छावा जन्मिए


  •    न्युजभित्तो/१२ श्रावण २०८२, आईतवार १२:३६ 
  • चितवन, ११ साउन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोर सौराहामा हालसम्म ६८ वटा छावा जन्मिएका छन् । विसं २०४४ मा भारत, थाइल्याण्ड र मेनमारबाट २० वटा हात्ती ल्याएर केन्द्र सुरु गरिएको थियो ।

    केन्द्रमा ती देशबाट छ वटा भाले र १४ वटा पोथी हात्ती ल्याइएको थियो । विसं २०४९ चैतमा पहिलोपटक यहाँका हात्तीले छावा जन्माएका केन्द्रका प्रमुख मणिपुरण चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार त्यसयता हालसम्म ६८ वटा छावा जन्मिएकामा सात वटाको मृत्यु भइसकेको छ ।

    चौधरीले हालसम्म जन्मिएकामध्ये ३९ भाले र २९ वटा पोथी रहेका जनाउँदै हाल चितवन राष्ट्रिय निकुञ्जभित्र ५८ वटा हात्ती रहेका उल्लेख गर्नुभयो । “प्रजनन केन्द्रमा २२ वटा हात्ती छन् । तीमध्ये नौ वटा माउ र १३ वटा बच्चामध्ये छ वटालाई तालिम दिएर राखिएको छ । केही दिनमा तिनीहरूलाई पनि पोष्टमा पठाइँदै छ”, उहाँले भन्नुभयो ।

    पछिल्लो समय जन्मिएका सात वटा छावा केन्द्रमा रहेका चौधरीले बताउनुभयो । यहाँ जन्मिएर तालिम दिएपछि निकुञ्ज सुरक्षार्थ विभिन्न ठाउँमा रहेका पोष्टहरूमा पठाउने गरिएको जनाउँदै उहाँले यहाँ जन्मिएका छावाको विभिन्न प्रतिष्ठित व्यक्तिको सम्मानस्वरुप नामाकरण गर्ने गरिएको बताउनुभयो । “पहिलेपहिले राजा र राजपरिवारका सदस्यको नाममा नामाकरण गरिन्थ्यो । पछिल्लो पटक निकुञ्जमा कार्यरत रहेर हालै निधन हुनुभएका संरक्षण अधिकृत वेदबहादुर खड्काको सम्मानमा नयाँ छावाको नामाकरण गरिएकोे छ”, केन्द्रका प्रमुख चौधरीले भन्नुभयो ।

    लामो समयसम्म निकुञ्जको संरक्षणका क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएका खड्काको सम्मानमा केन्द्रमा जन्मिएको छावाको यही साउन ७ गते न्वारन गरेर वेदगज नाम राखिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार हात्तीको छावा जन्मिएको १२औँ दिनमा न्वारन गर्ने प्रचलन छ ।

    निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेशप्रसाद पन्तले वेदबहादुर खड्काले निकुञ्जमा कार्यरत रहँदा धेरै चुनौतीको सामना गर्दै काम गरेकाले उहाँको सम्मानमा छावाको नामाकरण गरिएको बताउनुभयो । उहाँका अनुसार नयाँ नाम राखिएको वेदगज लोकतन्त्रकलीको तेस्रो सन्तान हो । बाइस वर्षीया लोकतन्त्रकलीले आठ वर्षअघि बुधगज र चार वर्षअघि स्वर्णकलीलाई जन्म दिइसकेकी छिन् ।

    तीन वर्षअघि हात्ती चराउने क्रममा बाघले आक्रमण गरेर मरेका हात्ती सुसारे रमेश चौधरीका नाममा रमेशगज, निकुञ्जभित्र तस्करसँगको भिडन्तमा ११ वर्षअघि मारिएका सिनियर गेम स्काउट शेषचन्द्र चौधरीका नाममा शेषचन्द्रगज नामाकरण गरिएको संरक्षण अधिकृत पन्तले जानकारी दिनुभयो । “प्रजनन केन्द्रमा जङ्गली हात्ती नानापाटेघर, ध्रुवे, गोविन्दे, रोनाल्डो, कृष्णेलगायत आएर संसर्ग गर्दछन् । यहाँ जन्मिएका छावाहरू तिनैका सन्तान भएको अनुमान छ”, उहाँले भन्नुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.