सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

परिवारजनको दीर्घायुको कामना गर्दै राना थारु समुदायका महिलाले आज तीज पर्व मनाउँदै


  •    न्युजभित्तो/१२ श्रावण २०८२, आईतवार १२:२७ 
  • कञ्चनपुर, ११ साउन । कैलाली–कञ्चनपुरका राना थारु समुदायका महिलाहरूले आज तीज पर्व मनाउँदैछन् । यसै अवसरमा अवसरमा कञ्चनपुरका छ पालिकाले आज सार्वजनिक बिदा समेत दिइएको छ ।

    शुक्ल पक्षको तृतीया तिथिका दिन आज पर्ने राना थारू समुदायको तीज पर्वका लागि कृष्णपुर, बेलौरी, पुर्नवास, शुक्लाफाँटा नगरपालिका, बेलडाँडी र लालझाडी गाउँपालिकाले बिदा दिएका छन् । पालिका मातहतका कार्यालय र शैक्षिक संस्थामा बिदा दिइएको हो ।

    तीज पर्वलाई राना थारु समुदायका महिलाहरूले धार्मिक आस्था, पारिवारिक समर्पण र सांस्कृतिक पहिचानका रूपमा विशेष रूपमा मनाउने गर्दछन् । विशेषतः दिदीबहिनीहरूले आफ्ना दाजुभाइ, भतिजा र परिवारजनको दीर्घायु र कल्याणको कामना गर्दै निराहार व्रत बस्ने यो पर्व नारी–शक्ति र परम्परागत श्रद्धाको प्रतीक मानिन्छ ।

    यस अवसरमा दाजुभाइले गाउँको बीच भागमा राखिएको सावनको डोला (पिङ) मच्चिँदै थारू महिलाहरूले परम्परागत धार्मिक भावनाले ओतप्रोत माङ्गलिक गीतहरू गाउने गर्छन् । उनीहरूको हौसला बढाउन दाजुभाइले पनि साथ दिन्छन् । साँझपख परम्परागत विधिमा आधारित पूजा गरेर नदीमा पूजा सामग्री विर्सजन गर्दै दाजुभाइको पानीको धारजस्तै लामो आयुको कामना दिदीबहिनीले गर्दछन् ।

    राना थारू समुदायमा तीजले दाजुभाइ–बहिनीबीचको आत्मिक सम्बन्ध झन् प्रगाढ बनाउन बल प्रदान गर्दछ । कृष्णपुर नगरपालिकाकी उपप्रमुख द्रोपती राना रानाथारू समुदायको तीज जस्तै प्रत्येक जात, धर्म, समुदायका पर्वले धार्मिक सहिष्णुता र सामाजिक मेलमिलापलाई प्रवर्द्धन गर्ने बताउनुहुन्छ । उहाँका अनुसार, नगरपालिकाले राना थारू समुदायको धार्मिक स्वतन्त्रता र सांस्कृतिक पहिचानको सम्मान गर्दै बिदा दिने निर्णय गरेको छ ।

    लालझाडी गाउँपालिकाले साउन ११ गते तीज र साउन १३ गते गुरही पर्व र नाग पञ्चमी गरी दुई दिन बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष निर्मल रानाले बताउनुभयो । शुक्लाफाँटा नगरपालिकामा भने राना थारू कर्मचारीलाई मात्रै बिदा दिइएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.