सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पाल्पामा १७ जनाले लिए गैरआवासीय नागरिकता


  •    न्युजभित्तो/९ श्रावण २०८२, बिहीबार १३:१९ 
  • तानसेन (पाल्पा), ८ साउन । पाल्पाबाट एक वर्षमा १७ जनाले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १७ जनाको गैरआवासीय नेपाली नागरिकता जारी गरिएको हो । उहाँका अनुसार ‘नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८०’ लागू भएपछि गैरआवासीय नेपाली नागरिकता प्रमाणपत्रको नयाँ व्यवस्था सुरु भएको थियो ।

    “सम्बन्धित वडाको सिफारिससहितको निवेदन, नेपाली नागरिकता त्याग गरेको प्रमाण÷नेपाली नागरिकताको प्रमाणपत्र, विदेशी मुलुकको नागरिकता वा नागरिक भएको प्रमाण, हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपिसहितका कागजात पेस गरेमा सम्बन्धित प्रशासन कार्यालयबाट गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था अनुसार गैरआवासीय नेपाली नागरिकता प्रदान गरिएको हो”, प्रजिअ सुवेदीले भन्नुभयो ।

    गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्रको हकमा राजनीतिक तथा प्रशासनिक अधिकारबाहेक सम्पूर्ण अधिकार प्रयोग गर्न पाउने व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गैरआवासीय नागरिकताको बारेमा चासो राख्दै विदेशमा रहेका नेपाली तथा उहाँहरूका आफन्त कार्यालयमा आउने गर्नुभएको छ ।”

    प्रजिअ सुवेदीका अनुसार यो नागरिकता लिन वडाको सिफारिस लिई अनुसूचीमा उल्लेखित फाराम भरी प्रमुख जिल्ला अधिकारीबाट शपथग्रहण गर्नुपर्ने व्यवस्था छ । “नेपाली नागरिकता त्याग गर्नुपर्छ । तोकिएको ढाँचामा फाराम भरेपछि गैरआवासीय नेपाली नागरिकता जारी हुन्छ । अरूको नागरिकताको किसिममा वंशज हुन्छ भने एनआरएनएको हकमा गैरआवासीय नेपाली लेखिन्छ”, उहाँले भन्नुभयो । नागरिकता सार्क मुलुकबाहेकका गैरआवासीय नेपालीले पाउँदै आएका उहाँले जानकारी दिनुभयो ।

    जिल्ला प्रशासन कार्यालय पाल्पा र इलाका प्रशासन कार्यालय रामपुरबाट एक आर्थिक वर्षमा १८ हजार नौ सय ६२ वटा वंशजका आधारमा नागरिकता जारी भएका प्रमुख जिल्ला अधिकारी सुवेदीले बताउनुभयो । उहाँले यी दुई कार्यालयबाट छ हजार ९९८ वटा नागरिकता प्रमाणपत्रको प्रतिलिपि जारी भएका जनाउँदै जिल्ला प्रशासनबाट १७ जनाले नागरिकता त्याग गरेका र १२ जनाले वैवाहिक अङ्गिकृत नागरिकता लिएका उल्लेख गर्नुभयो ।

    झापामा ६२ जनाले त्यागे नेपाली नागरिकता झापामा पछिल्लो एक वर्षको अवधिमा ६२ जनाले नेपाली नागरिकता परित्याग गरी गैरआवासीय नागरिकता लिएका जिल्ला प्रशासन कार्यालय झापाका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले जानकारी दिनुभयो ।

    उहाँका अनुसार सोही अवधिमा कार्यालयले वंशजका आधारमा २२ हजार ४० र वैवाहिक अङ्गीकृत छ सय ७५ वटा नागरिकता वितरण गरेको छ । साथै कार्यालयबाट २२ हजार चार सय ५५ जनाले नागरिकताको प्रतिलिपि लिएका उहाँले बताउनुभयो ।

    गत आवमा २२ हजार ४३२ वटा राहदानी वितरण गरिएको कार्यालयले जनाएको छ । सात सय ८९ वटा नाबालक परिचयपत्र प्रदान गरिएको जनाउँदै सूचना अधिकारी प्रसाईंले सोही अवधिमा पारिवारिक पेन्सन, शपथपत्र र हलपहलसम्बन्धी सिफारिस दुई सय ६२ वटा, संस्था दर्ता ७८ र राष्ट्रिय परिचयपत्रका लागि एक लाख सात हजार ७२ जनाको लागि विवरण सङ्कलन भएको बताउनुभयो ।

    सहायक प्रमुख जिल्ला अधिकारी प्रसाईंका अनुसार हालसम्म तीन लाख ५५ हजार पाँच वटा राष्ट्रिय परिचयनपत्र वितरण भएको छ । कार्यालयले विपद् पीडित १९ जना (पाँच जना मृतकसहित) लाई रु एक करोड १९ लाख ९० हजार राहत वितरण गरेको छ भने एक सय नौ वटा हतियार नवीकरण गरेको छ ।

    अभद्र व्यवहारसम्बन्धी २७, सवारी ज्यान क्षतिपूर्तिसम्बन्धी १८ र गलत अफवाहसम्बन्धी एउटा मुद्दा फछ्र्यौट गरेको कार्यालयले जनाएको छ । सोही अवधिमा रु ११ करोड २१ लाख २८ हजार २२६ राजस्व सङ्कलन भएको सूचना अधिकारी प्रसाईंले जानकारी दिनुभयो ।। रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.