सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एक वर्षमा ८३ वन्यजन्तु मरे


  •    न्युजभित्तो/९ श्रावण २०८२, बिहीबार ११:०१ 
  • चितवन, ८ साउन । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा ८३ वटा वन्यजन्तु मरेका छन् । जसमध्ये ४५ वटा प्राकृतिक कारणले मरेका हुन् ।

    निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार गत आवमा २८ वटा गैँडा मरेका छन् । जसमध्ये १८ वटा प्राकृतिक कारणले, जुधेर तीन, विद्युतीय करेन्टबाट एउटा, बाढी पहिरोबाट दुई र दलदलमा फसेर तीन वटा मरेका छन् । एउटाको कारण खुलेको छैन ।

    प्राकृतिक कारणले चितुवा एउटा, हात्ती पाँच वटा मरेका छन् । दुई हात्तीको मृत्युको कारण खुलेको छैन । एउटा बाघ जुधेर मरेको छभने अर्कोको कारण खुलेको छैन । चित्तल १२ वटा प्राकृतिक कारणले मरेका हुन् भने सडक दुर्घटनामा दुई चितल मरेका छन् । तारजालीमा परेर एउटा र कुकुरले टोकेर १६ चित्तल मरेका हुन् । जरायो तीन, रतुवा एउटा, घडीयाल गोही दुई, नीलगाई दुई, अजिङ्गर एक, स्याल एक, भालु एक र अन्य जनावर दुई वटा मरेका निकुञ्जले जनाएको छ ।

    सोही समयमा १३५ वटा जनावरको उद्धार गरिएको छ । जसमा चार गैँडा, दुई बाघ, सात चित्तल, तीन कछुवा, ३७ सर्प रहेका छन् । त्यसैगरी अजिङ्गर ६१, मगर गोही ११, घडीयाल गोही दुई, गिद्ध दुई, गोहोरो एउट, नील बिरालो एउटा र अन्य दुई जनावरको उद्धार गरिएको छ ।-रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    ‘खराब’ एनिमेसनले चीनमा तहल्का
    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    • ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    • ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.