सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन राष्ट्रिय निकुञ्जकोे एक वर्षमा दुई करोड राहत


  •    न्युजभित्तो/८ श्रावण २०८२, बुधबार १६:३४ 
  • चितवन, ७ साउन । चितवन राष्ट्रिय निकुञ्जले एक वर्षमा रु एक करोड ८२ लाख ६१ हजार ७७० राहत प्रदान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्र आसपास बसोबास गर्ने जनतालाई सो राहत रकम वितरण गरिएको हो । ७२२ घटनामा सो बराबरको राहत रकम प्रदान गरिएको हो ।

    जङ्गली जनावरले गरेका विभिन्न क्षतिको स्थानीयलाई राहत प्रदान गर्ने गरिएको हो । वन्यजन्तुबाट सामान्य घाइते भएका नौ जनालाई रु ९३ हजार ८५२, गम्भिर घाइते भएका ३२ जनालाई रु २९ लाख ७४ हजार ६८१ क्षतिपूर्तिबापत रकम वितरण गरिएको छ ।

    निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुुसार गत आर्थिक वर्षमा जङ्गली जनावारको आक्रमणका कारण १० जनाको मृत्यु भएको थियो । उनीहरुको परिवारलाई राहतस्वरुप रु १० लाखका दरले प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।

    यस्तै, १७२ पशुधनको क्षति भएको छ । सो बापत निकुञ्जले रु १७ लाख चार हजार ७०० राहत रकम स्थानीयलाई उपलब्ध गराएको छ । निकुञ्जबाट बस्ती पसेर विभिन्न जनावरले क्षति पु¥याउँदै आएका छन् । यसै क्रममा भण्डारण गरेको अन्नमा १३ पटक क्षति पु¥याएको छ । सो बापत रु ८३ हजार, २३ वटा घरगोठको क्षति पु¥याएकामा रु दुई लाख १८ हजार राहत रकम प्रदान गरिएको छ ।

    सूचना अधिकारी मगरका अनुसार अन्नबाली ४५३ पटक क्षति पु¥याएबापत रु ३१ लाख ६० हजार १०० राहत रकम बुझाइएको छ । सातवटा कुखुराको क्षति भएबापत रु २७ हजार ५०० राहत रकम निकुञ्जले आसपासमा बसोबास गर्ने मध्यवर्तीका बासिन्दालाई बुझाएको छ । निकुञ्जमा रहेका जङ्गली हात्ती, गैँडा, बाघ, भालु, जङ्गली बँदेल, मगरगोहीलगायतले क्षति पु¥याउँदै आएका छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.