सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विकटका विद्यार्थीलाई विकसित मुलुकका विद्यार्थीको सहयोग


  •    न्युजभित्तो/८ श्रावण २०८२, बुधबार १६:०० 
  • चितवन, ७ साउन । अमेरिकामा हुर्किएका १७ वर्षीय साभर थापा शाहीले चितवनका विकट भेगका २७५ विद्यार्थीका लागि पोसाक, शैक्षिक र स्वास्थ्य सामग्री वितरण गर्नुभएको छ । उहाँले करिब रु पाँच लाखभन्दा बढीको सामग्री सहयोग गर्नुभएको हो ।

    भौगोलिक विकटतासँगै आर्थिक अवस्थाले अभाव झेलेका बालबालिकाका लागि अमेरिकामा रहेका विद्यार्थीसँग समन्वय गरेर सहयोग जुटाइएको हो । आर्थिक अभावले पठनपाठनमा समस्या भोगेका विद्यार्थीको अवस्था देखेर अमेरिकाको टेक्सासमा बस्ने साभरले आफ्ना साथीसँग जोगाएको खाजा खर्चले विकटका विद्यार्थीले झोला, कापी, कलम, पोसाक, जुत्ता र स्वास्थ्य सामाग्री पाएका हुन् ।

    भरतपुर महानगरपालिका–२९ मा रहेको रातामाटे, डुम्रे, कमलपुर र राप्ती नगरपालिका–१२ को डिहिटारका आधारभूत विद्यालयका विद्यार्थीहरुलाई सामग्री वितरण गरिएको हो । राष्ट्रिय आधारभूत विद्यालय रातामाटेमा कक्षा ५ मा अध्ययन गर्ने रितु तामाङले भन्नुभयो, “पढ्ने सामान पायौँ, खुसी छौँ, झोला, लुगा पायौँ, अब ढुक्कले पढ्ने हो ।”

    त्यस्तै, भरतपुर–२५ स्थित सोसी विद्यालय र माडीको दिवाकर स्मृति माध्यमिक विद्यालयका २७५ विद्यार्थीलाई पनि उहाँले सहयोग गर्नुभएको छ । साभारले विकसित र विकटका विद्यार्थीको समन्वय गराउन खोजेको बताउनुभयो ।

    चितवनमा नै रहेर दन्त उपचारमा सक्रिय चिकित्सक दम्पतीले सञ्चालन गरेको डा अजय न्यौपाने डा सरु थापा फाउन्डेसनले समन्वय गरेर यहाँका विकट गाउँमा सहयोग उपलब्ध गराइएको हो । नेपालमा आउने क्रममा साभारले गरिब र विकटका विद्यार्थीबारे थाहा पाएको बताउनुभयो । आफ्ना ठूलो बुबा डा अजय र ठूलीआमा डा सरुले गरेको सामाजिक कामले आफू प्रभावित भएर अमेरिकामा रहेका साथीलाई नेपालसँग जोड्न लागेका बताउनुभयो । विकटका बालबालिकाको सहकार्य र सहयोग दिगो बनाउने योजना रहेको फाउन्डेसनका अध्यक्ष डा अजयले बताउनुभयो ।-रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पूर्वाधारतर्फ सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म
    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    • बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.