सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विदेशी सीप स्वदेशमा लगाउँदै सुलभ सिग्देल, जसले दिए पाँच हजार बढीलाई शैलुन तालिम


  •    न्युजभित्तो/८ श्रावण २०८२, बुधबार १४:३२ 
  • नारायण अधिकारी

    चितवन, ७ साउन । विदेशबाट फर्किएर यहाँ शैलुन व्यवसाय सञ्चालन गर्दै आउनुभएका एक युवाले पाँच हजार २०० जनालाई कपाल काट्ने तालिम दिनुभएको छ । उनीहरुमध्ये १२० जनालाई उहाँले निःशुल्क तालिम दिनुभएको हो ।

    भरतपुरका सुलभ सिग्देलले यहाँको सिजी ल्याण्डमार्कमा पपुलर शैलुन सञ्चालन गर्दै आउनुभएको छ । उहाँले त्यहीबाट तालिम र कपाल काट्ने काम गर्दै आउनुभएको छ । बाह्र वर्षअघि तीन वर्ष विदेश बसेर फर्कनुभएका सिग्देलसँग तालिम लिएका ३२ जनाले चितवन र आसपासका क्षेत्रमा शैलुन सञ्चालन गर्दै आएका छन् । उहाँले भन्नुभयो, “यहाँ सिकेर नेपाल र विदेशमा अरुको सैलुनमा काम गर्ने धेरै छन् ।” विभिन्न सङ्घ संस्थाको साझेदारीमा धेरै तालिम सञ्चालन गरेको उहाँ बताउनुहुन्छ । नीजि खर्चमा तालिम लिन आउनेहरु पनि प्रसस्तै हुने गरेका छन् । पछिल्ला वर्षहरुमा शैलुन सुरु गरेको दिन पारेर निःशुल्क तालिम समेत दिने गरेको उहाँले बताउनुभयो ।

    यस वर्ष उहाँले १०१ जना युवालाई निःशुल्क सीपमूलक तालिम घोषणा गर्नुभएको छ । सिग्देलले आफ्नो कम्पनी पपुलर जागरण प्रालिले स्थापना दिवसको अवसर पारेर युवालाई निःशुल्क सीपमूलक तालिम दिने घोषणा गर्नुभएको हो । पपुलरले सामाजिक उत्तरदायित्वअन्तर्गत कपाल काट्ने, उद्घोषण, कपडाको झोला बनाउने, टपरी बुन्ने र लागुऔषध दुव्र्यसनीसम्बन्धी सचेतनामूलक तालिम दिन लागेको उहाँले बताउनुभयो ।

    कपाल काट्ने तालिम २१ जना, उद्घोषण तालिम २० जना, कपडाको झोला बनाउने तालिम २० जना, टपरी बुन्ने तालिम २० जना र लागुऔषध दुव्र्यसनी न्यूनीकरणसम्बन्धी तालिम २० जनाभन्दा बढीलाई दिइने उहाँले बताउनुभयो । “नेपालमै स्वरोजगार बन्न चाहानेका लागि प्राथमिकतामा राखिनेछ”, उहाँले भन्नुभयो, “विदेश पलायन हुनेक्रमलाई केही हदसम्म भए पनि कम गर्न सहयोग पुग्नेछ ।” सरकारी विद्यालयमा पढ्ने विद्यार्थीलाई टपरी बुन्ने तालिम दिइने उहाँले बताउनुभयो । “विद्यार्थीदेखि विदेश गएर फर्किएका युवायुवतीलाई लक्षित गरी हामीले तालिम दिन लागेका हौँ”, उहाँले भन्नुभयो, “सबै तालिमहरु हामीले एक महिनाभित्र दिइसक्छौँ ।” नब्बे घण्टा लामो कपाल काट्ने तालिम एक महिनामा सक्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । व्यावसायिक रुपमा कपाल काट्ने तालिम लिने एक जनाबाट रु ३० हजार लिने गरिएको उहाँले बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.