सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

धान, गहुँ र तोरीको बीउ उत्पादनमा किसानलाई सघाउँदै सहकारी


  •    न्युजभित्तो/८ श्रावण २०८२, बुधबार १३:४८ 
  • टीकापुर, ७ साउन । बचत गर्नका लागि स्थापना भएको सहकारीले किसानका समस्या बुझेपछि बिजवृद्धिका क्षेत्रमा काम गरिरहेको छ । कैलालीको टीकापुर नगरपालिका–७ सत्तीस्थित उज्यालो बहुउद्देश्यीय सहकारी संस्था स्थापना हुँदा बचत तथा ऋण लगानी गर्ने उद्देश्य राखेको थियो । सहकारीका शेयर सदस्य सबै किसान भएकाले उनीहरुलाई खेती उत्पादनमा सघाउनुपर्छ भनी सहकारीले पनि बिजवृद्धिको काम थाल्यो ।

    सहकारीले धान, गहुँ र तोरीको बीउ उत्पादन गर्ने गरेको छ । सहकारीले वार्षिक ३०० टन बीउ उत्पादन गरेर बेच्दै आएको सहकारीका व्यवस्थापक रामकृष्ण चौधरी बताउनुहुन्छ । “सहकारीले शेयर सदस्यलाई बीउमा अनुदान दिने गरेको छ । किसानलाई बीउमा ५० प्रतिशत अनुदान दिने गरेको छ”, रामकृष्ण भन्नुहुन्छ, “३१ जनाले रु १००÷१०० रकम जम्मा गरी सुरु गरेको सहकारीमा हाल एक हजार ५८ जना शेयर सदस्य छन् ।”

    विसं २०६३ मा बचत सङ्कलन गर्ने उद्देश्यले स्थापना भएको सहकारीले २०७२ सालदेखि बीउ उत्पादन सुरु गरेको हो । रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले सहयोग गरेपछि सहकारीले बीउ उत्पादनलाई प्राथमिकतामा राखेर काम गरिरहेको उहाँको भनाइ छ ।

    हाल सहकारी संस्थाको कार्यालय भवन र तीन भण्डारण गोदाम छन् । असी÷असी टनका तीन बीउ भण्डारण घर छन् । सहकारीले बीउ उत्पादनका लागि आवश्यक मेसिनलगायतका सहयोग सिँचाइ आयोजनाबाट पाएको छ । आयोजनालाई प्रशोधनका लागि आवश्यक मेसिनलगायतका सामग्री पाएपछि किसानलाई समेत सहज भएको, बीउ बाहिरबाट ल्याउँदा महँगो हुने गरेकोमा सहुलियत दरमै चाहेकै बेला गुणस्तरीय बीउ पाइरहेका चौधरी बताउनुहुन्छ । “हाल सहकारीको कारोबार रु नौ करोडसम्म हुने गरेको छ”, उहाँले भन्नुभयो, “विगतमा नेपालगञ्ज, कञ्चनपुरलगायतका ठाउँबाट बीउ किनेर ल्याउने किसानलाई सहज भएको छ । सहकारीमा सहुलियत दरमा बीउ पाइन्छ । किसानकै उत्पादन बीउ हामीले भण्डारण गर्ने गरेका छाँै ।”

    सहकारीले कृषिका धेरै क्रियाकलाप सञ्चालन गरिरहेको, धेरै किसान आबद्ध भएका रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख भरत कँडेल बताउनुहुन्छ । “खेती नै मुख्य आधार हो, यसमा लगानी गर्ने सहकारीलाई हामीले पनि प्राथमिकता दिने गरेका छौँ”, उहाँले भन्नुभयो, “बिजवृद्धिमा लागेकाले सहकारीको स्तरोन्नतिमा सघाएका हौँ । सहकारीलाई चाहिने भण्डारण घर, गे्रडिङ मेसिन, धान, गहुँ काट्नका लागि प्रयोग हुने हार्वेस्टर मेसिनलगायत सबैखाले सहयोग भएको छ ।”

    स्थानीय किसान सौरभ चौधरी सहकारी र सिँचाइ आयोजनाले किसानलाई खेती गर्न सहज बनाइदिएको बताउनुहुन्छ । “विगतमा खेती गर्न कठिन हुन्थ्यो, खेती गर्न महिनौँ लाग्थ्यो”, उहाँले भन्नुभयो, “सिँचाइ आयोजनाले खेत जोत्न पावर टिलर दियो, सहकारीले पनि एकै दिनमा दर्जनौँ बिघाको धान र गहुँबाली सहुलियत दरमा कटानी गरिदिन्छ । हामीलाई सहज भएको छ ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.