सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

खानै नमिल्ने गरि रायोको सागमा भेटियो अत्यधिक विषादी


  •    न्युजभित्तो/८ श्रावण २०८२, बुधबार १३:४५ 
  • काठमाडौं, ७ साउन । कालीमाटी फलफूल बजारमा गरिएको परीक्षणमा पसलमा बेच्न राखिएको रायोको सागमा अत्यधिक विषादी भेटिएको छ । विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले आज (बुधबार) गरेको परीक्षणमा सागमा खानै नमिल्ने ८०.९५ प्रतिशत कीटनाशक विषादी भेटिएको हो ।

    दोलखाबाट ल्याइएर कालीमाटी तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको सागमा अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । प्रयोगशाला एकाइका अनुसार, ३५ प्रतिशतभन्दा कम कीटनाशक विषादी देखिएमा उपयोगयोग्य मानिन्छ । केन्द्रीय कृषि प्रयोगशालाले बुधबार कालीमाटी तरकारी बजारका १७ पसलको १७ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो ।

    यस्तै, ३५ देखि ४५ प्रतिशतसम्म देखिए केहीदिन राखेर उपभोग गर्न मिल्छ । तर, ४५ प्रतिशतभन्दा बढी कीटनाशक विषादी देखिए बिसर्जन गर्नुपर्ने पनि प्रयोगशालाले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.