सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तराईमा खानेपानी अभाव भएको प्रति सांसदहरुद्वारा चिन्ता व्यक्त


  •    न्युजभित्तो/७ श्रावण २०८२, मंगलवार १६:४८ 
  • काठमाडौँ, ६ असार । मधेश प्रदेशलगायत तराईका जिल्लामा वर्षा नहुँदा खानेपानी र सिँचाइको अभाव भएको विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विशेष समयमा आफ्नो धारणा राख्ने क्रममा सांसदहरुले यस विषयमा गम्भीर हुन र सिँचाइका लागि वैकल्पिक व्यवस्था तथा पीडित किसानलाई राहतको व्यवस्था गर्न माग गर्नुभएको हो ।
    बैठकमा सांसद मोहम्मद खालिदले सरकारको एक वर्ष बितिसक्दा पनि रोजगारी बढ्न नसकेको, कृषि उत्पादनमा उल्लेख्य प्रगति नदेखिएको, सार्वजनिक ऋण बढ्दै गएकोलगायत विषय उठाउनुभयो । संविधान संशोधनको विषय सरकारले गम्भीरताका साथ नलिएको उहाँको भनाइ थियो ।
    साउनको पहिलो हप्तासम्म पनि मधेशमा पानी नपरेको र सुक्खा हुँदा वर्षेवालीका लागि सिँचाइ तथा खानेपानी अभाव भएको विषय पनि उहाँले संसदमा उठाउनुभयो । त्यस्तै, चुरे दोहन, वालुवा–गिट्टीको अवैध उत्खनन्, जङ्गल फडानीजस्ता समस्याका कारण तराई क्षेत्रमा पानीको सतह घट्टै गएको उहाँले बताउनुभयो ।
    सांसद तुलप्रसाद विश्वकर्माले तराईमा वर्षा नहुँदा खडेरी परेको र जमिन मूनिको पानीको सतह घट्दै गएको विषयमा गम्भीर हुन संसदमार्फत् सरकारको ध्यानाकर्षण गराउनुभयो । सरकारले आर्थिक ऐनमार्फत् सुनचाँदीका गरगहनामा दुई प्रतिशतको विलासिता शूल्क लगाएकामा व्यवसायी आन्दोलित भइरहेको विषय उहाँले संसद्मा उठाउनुभयो । सुदूरपश्चिम र कर्णाली क्षेत्रका महिला महिनावारी भएको बेला छाउगोठमा बस्ने कुप्रथा अझै अन्त्य हुन नसकेको उहाँको भनाइ थियो ।
    सांसद राजेन्द्रलक्ष्मी गैरेले जलवायु परिवर्तनका असर बढ्दै गएको बताउनुभयो । अहिले खण्डवृष्टिका कारण तराई सुक्खाग्रस्त भएको र त्यसले वर्षेबालीको उत्पादन घट्ने देखिएको बताउनुभयो । त्यस्तै, पहाडि क्षेत्रमा बाँदर आतङ्क बढेको उहाँले बताउनुभयो । सुक्खाग्रस्त क्षेत्रका किसान र जङ्गली जनावरबाट बालीनाली सखाप भएका किसानलाई सरकारले राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न उहाँले माग गर्नुभयो । 
    सांसद उर्मिला अर्यालले बारा, पर्सालगायत जिल्लामा खानेपानी र सिँचाइको सङ्कट देखिएको बताउनुभयो । मधेशका सबैजसो जिल्लामा जलसङ्कट देखिएको उहाँको भनाइ थियो । जङ्गल विनाश बढ्दै गएका कारण त्यसको प्रभाव जलवायुमा देखिएको उहाँले बताउनुभयो । सिँचाइ र खानेपानीका लागि शीघ्र वैकल्पिक व्यवस्था मिलाउन उहाँले संदनमार्फत् सरकारको ध्यानाकर्षण गराउनुभयो ।
    सांसद गोपाल भट्टराईले संविधान संशोधनको अन्तरवस्तुमाथि छलफल अघि बढ्न नसकेको बताउनुभयो । राजनीतिक स्थायित्वका लागि दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले०बीच गठबन्धन बनेको उल्लेख गर्दै उहाँले संविधान संशोधन, सुशासन र समृद्धिका लागि थप प्रतिवद्ध हुनुपर्नेमा जोड दिनुभयो । त्यस्तै, वर्तमान सरकार समाजलाई आशातर्फ डो¥याउन सफल भएको र मुलुकको अर्थतन्त्रका सूचक सुधार हुँदै गएको सांसद भट्टराईको दावी छ । नागरिकका विकास आकांक्षा पूरा गर्न केहि ढिलाइ भएपनि सरकार त्यसतर्फ जिम्मेवार भएर लागिरहेको पनि उहाँले बताउनुभयो ।
    बैठकमा सांसद पदमबहादुर परियारले नेपाली राजनीतिमा विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गर्दै अहिलेका राजनीतिज्ञहरुले उहाँबाट प्रेरणा लिन सक्नुपर्ने धारणा राख्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.