सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जुँगे महादेवको मन्दिरमा पूजाआजा सुरु


  •    न्युजभित्तो/६ श्रावण २०८२, सोमबार १५:४६ 
  • नेपालगञ्ज, ५ साउन । पश्चिम नेपालको प्रसिद्ध बागेश्वरी मन्दिर परिसरमा रहेको जुँगे महादेवको मन्दिरमा आजदेखि पूजाआजा शुभारम्भ भएको छ ।

    नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोग तथा बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिको व्यवस्थापनमा नवनिर्मित अष्ट धातुको जुङ्गे (खडेश्वर) महादेव मूर्तिको प्राणप्रतिष्ठा भएपछि पूजाआजा गर्न सुरु भएको हो ।

    प्रतिनिधिसभा सदस्य धवलशम्शेर राणा, उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, गुठी व्यवस्थापन समितिका अध्यक्ष गोपाल अधिकारीलगायतले महादेव मूर्तिको प्राणप्रतिष्ठा गर्दै संयुक्त रुपमा पूजाआजा गर्नुभयो ।

    धार्मिक विधिअनुसार पूजाआजा अहिले पनि जारी रहेको उल्लेख गर्दै गुठी व्यवस्थापन समितिका अध्यक्ष गोपाल अधिकारीले विधिपूर्वक पूजाआजा सकिएपछि सर्वसाधरणका लागि खुला गरिने जानकारी दिनुभयो । उहाँले मूर्ति प्राणप्रतिष्ठा पं जयराम आर्चायको नेतृत्वमा ११ सदस्यीय पण्डितहरुले मन्त्रोच्चारण गरेर गरेको जानकारी दिँदै बागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो लागेको बताउनुभयो ।

    उपमहानगरपालिका–२ मा रहेको सो मन्दिर परिसरमा रु १५ लाखको लागतमा निर्माण गरिएको जुङ्गे महादेवको मूर्ति मर्मतसम्भारको काम दुई वर्षअघिदेखि गरिएको थियो । नगर प्रमुख विष्टले २००७ सालमा बनेको पुरानो संरचना र मूर्ति स्थापना भएको ७५ वर्ष भइसकेकाले नयाँ मूर्ति निर्माणको आवश्यकता महसुस गरिएको तथा महादेवको मूर्ति प्राणप्रतिष्ठा गरिएको उल्लेख गर्दै नजिकै १०८ फिट अग्लो हनुमानको मूर्ति पनि निर्माणाधीन अवस्थामा रहेको बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.