सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गोरखाको अजिरकोटमा स्याउखेतीको परीक्षण सफल


  •    न्युजभित्तो/५ श्रावण २०८२, आईतवार १३:४२ 
  • गोरखा, ४ साउन । अजिरकोट गाउँपालिकामा व्यावसायिक स्याउखेतीको परीक्षण सफल भएको छ । वडा नं २ को मूलखर्क र नब्लुका दुई वटा स्याउ फार्ममा तीन वर्षअघि परीक्षणका रुपमा लगाइएको स्याउले यस वर्षदेखि उत्पादन दिन सुरु गरेको व्यवसायीले बताएका छन् ।

    बिरुवामा ५० प्रतिशत अनुदान दिने कार्यक्रमअन्तर्गत अजिरकोट वडा नं २ मा समुन्द्रदेखि २२०० मिटर उचाइमा अवस्थित मूलखर्क जडीबुटी तथा स्याउ फार्म र नब्लु स्याउ फार्ममा लगाइएको स्याउका बोटमा यस वर्ष फल लागेका छन् । स्थानीय व्यवसायीहरु सञ्जीव लामाले मूलखर्क स्याउ फार्ममा ४०० र भीम तामाङले नब्लु स्याउ फार्ममा ४०० वटा बिरुवा रोप्नुभएको थियो ।

    दुवै फार्ममा लगाइएको स्याउका बोटमा एक हजारदेखि एक हजार ५०० केजीसम्म फल फलेको पालिकाका कृषि विकास अधिकृत शम्भु थापाले बताउनुभयो । “तीन वर्षअघि परीक्षणका रुपमा लगाएको अहिले दुवै फार्ममा लटरम्मै स्याउको दाना फलेका छन्, यसलाई परीक्षण सफल भएको मानेका छौँ”, उहाँले भन्नुभयो, “परीक्षण सफल भएसँगै व्यावसायिक स्याउखेतीको क्षेत्र विस्तार गर्ने योजना पालिकाको छ ।” पालिकाको वडा नं १ र २ स्याउखेतीका लागि उपयोगी रहेको उहाँले जानकारी दिनुभयो ।

    गाउँपालिकाले २०७९ सालमा परीक्षणका रुपमा स्याउका बिरुवा रोपेको व्यवसायी सञ्जीव लामाले बताउनुभयो । “इटलीबाट ल्याएको फुजी, रेड डेलिसियस र गाला जातको स्याउ परीक्षणका रुपमा लगाइएको थियो, त्यसमा पालिकाले ५० प्रतिशत अनुदान दिएको थियो”, उहाँले भन्नुभयो, “गत वर्ष पनि फक लागेको थियो, पहिलो वर्षको भएकाले टिपेर फ्याँक्यौँ । यस वर्षको उत्पादन बजार पु¥याउने योजना छ ।”

    पालिकाले आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रममा व्यावसायिक स्याउखेती कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । आगामी वर्ष पाँच हजार स्याउका बिरुवा किसानलाई वितरण गर्ने लक्ष्य गाउँपालिकाको रहेको कृषि शाखा प्रमुख शम्भु थापाले बताउनुभयो ।

    वडा नं १ र २ मा खेती विस्तार गरेर स्याउको पकेट क्षेत्र बनाउने योजना रहेको पालिका अध्यक्ष दीपक देवकोटा बताउनुहुन्छ । स्याउखेतीलाई कृषि पर्यटनसँग जोड्ने लक्ष्य रहेको उहाँको भनाइ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.