सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आकर्षक पर्यटकीय गन्तव्य बन्दै इच्छाकामनाको जलवीरे झरना


  •    न्युजभित्तो/३१ असार २०८२, मंगलवार १५:३७ 
  • भरतपुर, ३१ असार । चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–६ मा अवस्थित जलवीरे झरना हालका वर्षहरूमा चितवनकै चर्चित र आकर्षक पर्यटकीय गन्तव्यको रूपमा स्थापित हुँदै गएको छ । लामो झरना भनेर समेत चिनिने यस झरनाको उचाई झन्डै १०२ मिटर रहेको छ । नारायणगढ–मुग्लिन सडकखण्डको किनाराबाट करिव १ किलोमिटर उकालो हिँडेपछि यो झरनामा पुग्न सकिन्छ । वन क्षेत्रमा रहेको यो झरनाले प्रकृतिप्रेमीहरू र शाहसिक यात्रामा रुचि राख्नेहरूको ध्यान तान्न थालेको छ । झरनाको फेदमा चार–पाँच फिट गहिरो प्राकृतिक पोखरी बनेको छ । जसलाई झरना विकास समितिले थप व्यवस्थापन गरेर आकर्षक बनाएको छ । गर्मी महिनामा यहाँ पर्यटकहरूको आगमन उल्लेखनीय रूपमा बढ्ने गरेको छ ।

    झरना क्षेत्र वरपर अहिले क्यानोनिङ, स्विमिङ, स्लाइडिङ, जम्पिङ, र हाइकिङ जस्ता शाहसिक गतिविधिहरू सञ्चालन हुँदै आएका छन् । विभिन्न साहसिक खेल कम्पनीहरूले झरना विकास समितिसँग सहकार्य गर्दै यस्ता कार्यक्रमहरू अगाडि बढाइरहेका छन् । पर्यटकहरूको संख्या हरेक वर्ष बढ्दो क्रममा छ । राजधानी काठमाडौंबाट मात्र करिव पाँच घण्टाको यात्रा गरी झरनामा पुग्न सकिने भएकाले आन्तरिक पर्यटकहरूको लागि यो झरना गर्मी र थकानबाट मुक्ति पाउने प्रमुख गन्तव्य बन्दै गएको छ । यहाँ प्रवेश शुल्क स्वदेशी पर्यटकका लागि ५० रुपैयाँ र विदेशीका लागि १०० रुपैयाँ तोकिएको छ । क्यानोनिङका लागि भने स्वदेशीले १०० रुपैयाँ र विदेशीले ५०० रुपैयाँ तिर्नुपर्ने व्यवस्था छ । सामान्य दिनहरूमा दैनिक १०० देखि २०० जना पर्यटक यहाँ पुग्ने गरेका छन् भने शनिवार तथा सार्वजनिक बिदाका दिन यो संख्या ४ सय नाघ्ने गरेको जलवीरे झरना विकास समितिका सचिव अमर अधिकारी बताउनु हुन्छ ।

    उहाँकाअनुसार नयाँ वर्षजस्ता विशेष अवसरमा एकै दिनमा १ हजार ५ सय भन्दा बढी आगन्तुकहरू झरना अवलोकन गर्न आएको रेकर्ड समेत छ ।झरनाको समग्र विकासका लागि गाउँपालिका, प्रदेश सरकार र संघीय सरकारले संयुक्त रूपमा संरचनात्मक पूर्वाधार निर्माणमा लगानी गरिरहेका छन् । हालसम्म कालोपत्रे सडक, ढुङ्गाको सिँढी, रेलिङ, गोलघर, शौचालय, धारा, टिकटघर तथा पौडी पोखरी निर्माण भइसकेका छन्। साथै तीनवटा सटर र होमस्टे सञ्चालनको तयारीसमेत भइरहेको छ । आगामी दिनमा यहाँ जिपलाइन र साइकलिङ ट्र्याक सञ्चालन गर्ने योजना बनाइएको छ । जलवीरे झरना अहिले सामाजिक सञ्जालहरू—जस्तै टिकटक, फेसबुक र इन्स्टाग्राम—मार्फत अत्यधिक चर्चित बनेको छ । झरनाको मनमोहक दृश्य, चिसो वातावरण र रमणीयता हेर्न तराई क्षेत्रका साथै भारतका विभिन्न भागहरूबाट पनि पर्यटकहरू आउने गरेका छन् ।

    नेपालका काठमाडौं, ललितपुर, भक्तपुर, हेटौंडा, पोखरा, गोरखा लगायतका स्थानहरूबाट पनि उल्लेखनीय संख्यामा पर्यटकहरू आउने गरेको झरना व्यवस्थापन समितिका सचिव अधिकारी बताउनु हुन्छ । चितवनको गर्मी मौसममा शीतलता दिने यो झरनाले केवल पर्यटकीय क्षेत्रमै होइन, स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्न थालेको छ । यसरी नै संरक्षणसँगै योजनावद्ध रूपमा विकास गर्न सकिएमा जलवीरे झरना निकट भविष्यमा राष्ट्रियस्तरको प्रमुख पर्यटकीय केन्द्र बन्नेमा कुनै शंका छैन ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
    आज २५ अर्बको ऋणपत्र जारी हुँदै
    आलेखः गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
    • रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
    • विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
    • तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
    • बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.