सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको अर्गानिक चुकन्दर अन्तर्राष्ट्रिय बजारमा, सरकारको चासो शून्य


  •    न्युजभित्तो/३१ असार २०८२, मंगलवार ११:०६ 
  • चितवन, ३१ असार । गत वैशाखमा भरतपुर महानगरपालिका– १५ का चन्द्रप्रसाद अधिकारीले ३० लाख रुपैयाँको गाँजर र चुकन्दर जर्मनी पठाए । ४ बिघामा गाँजर र चुकन्दर लगाएका अधिकारीले करिब ३०० क्विन्टल गाँजर र ३०० क्विन्टल चुकन्दर जर्मनी पठाएको सुनाए । ‘यस वर्ष ३० लाखको गाँजर र चुकन्दर जर्मनी पठाइएको छ’, उनले भने, ‘ यस वर्ष ४ बिघामा गाँजर र चुकन्दर लगाइएको थियो ।’ हिउँदे बाली लगाउने समयमा गाँजर र चुकन्दर लगाएका अधिकारीले अहिले धान रोप्ने तयारी गरिरहेका छन् । धान काटेसँगै हिउँदमा पुनः गाँजर र चुकन्दर लगाउने उनले बताए ।

    वडा नम्बर १५ मा मात्रै करिब ७ बिघामा गाँजर र चुकन्दर लगाइँदै आएको वडाध्यक्ष श्रीकुष्ण देवकोटाले बताए । पछिल्ला वर्षमा चुकन्दर र गाँजरको खेती निकै राम्रो भइरहेको उनको भनाइ छ । ‘यहाँका किसानहरू विशेषगरी गाँजर लगाउने गर्दछन् तर, पछिल्ला वर्षमा जर्मनी पठाउन चुकन्दर र गाँजरको लगाउने क्रम बढेको छ । प्राङ्गारिक चुकन्दर यहाँबाट जर्मनीमा गइरहेको छ ।’

    भरतपुर–२५ का छविलाल न्यौपानेले करिब १८ लाख बराबरको ३२ टन चुकन्दर जर्मनी पठाएका छन् । गत वर्षभन्दा दोब्बर चुकन्दर जर्मनी पठाएको उनले बताए । ‘यस वर्ष १८ लाख हाराहारीको ३२ टन चुकन्दर जर्मनी पठाइएको छ । गत वर्ष करिब ९ लाख बराबरको १५ टन पठाइएको थियो’, न्यौपानेले भने, ‘कुल ९ बिघामध्ये अर्गानीक रूपमा जर्मन पठाउन २ बिघामा लगाएको थिएँ ।’

    तीन वर्षअघि न्यौपानेले सवा टन चुकन्दर जर्मन पठाएका थिए । दोस्रो वर्ष १५ टन र तेस्रो वर्ष अर्थात् यस वर्ष ३२ टन चुकन्दर जर्मनी पठाएको उनले सुनाए । भरतपुर महानगरपालिकाका वडा नम्बर ६, १४, १५, १६, २३ र २५ मा प्राङ्गारिक चुकन्दर खेती भइरहेको छ । द अर्गानिक भ्याली प्रालीले नेपालबाट चुकन्दर जर्मनीलगायत राष्ट्रमा बिक्री गर्दै आइरहेको छ । अहिले विदेशमा पठाउन माग गरेअनुसार किसानहरूले अर्गानिक रूपमा चुकन्दर लगाउने गर्दछन् ।

    तीन वर्षअघि पहिलोपटक चितवनबाट चुकन्दर र गाँजरको निर्यात गरिएको थियो । गत वर्ष ८४ लाख बराबरको चुकन्दर र गाँजर जर्मनी पठाइएको थियो । यस वर्ष भने ७० लाख बराबरको चुकन्दर र गाँजर जर्मनीलगायत राष्ट्रमा पठाइएको किसान बताउँछन् ।द अर्गानिक भ्याली प्रालिले सबै चुकन्दरलाई धुलो बनाएर बेलायतसमेत पठाउने तयारी गरिरहेको छ । तुलनात्मक रूपमा अन्य खेतीभन्दा चुकन्दर खेतीमा दोब्बर मेहेनत गर्नुपर्ने किसानहरू बताउँछन् । अर्गानिक चुकन्दरको खेतीका लागि पाँच गुणा बढी मल प्रयोग गर्नुपर्ने हुन्छ । खेतीमा संलग्न किसानका अनुसार गोडमेल गर्न पनि सामान्यभन्दा बढी जनशक्ति लाग्ने गर्दछ ।

    चुकन्दरको उत्पादन र बिक्री वितरणमा सरकार बेखरजस्तै भएको द अर्गानिक भ्यालीका सञ्चालक ससीर नेवा बताउँछन् । किसानलाई चुकन्दर खेतीमा घाटा भएको अथवा नाफा भएकोबारे सरकारको कुनै चासो नभएको उनको भनाइ छ । ‘विश्व बजारमा हामीले चुकन्दर बिक्री गरिरहेका छौँ । सरकारलाई केही मतलब छैन । बिक्री गर्न सकेनौं भने हामी घाटामा जान्छौं’, उनले भने, ‘न चुकन्दर उत्पादन गर्न किसानको मतलब छ न हामीजस्तो विश्व बजारमा नेपाली उत्पादन पुर्‍याउनेको मतलब छ ।’

    नेपालबाट जर्मनीसम्म चुकन्दर निर्यात भए पनि नेपालमा तीन गुणा बढी आयात हुने गरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको जेठ महिनासम्म २ करोड ४० लाख रुपैयाँ बराबरको चुकन्दर चीन र भारतबाट आयात भएको देखिन्छ । गत आर्थिक वर्ष २०८०/८१ मा नेपालबाट ६७ लाख ५३ हजार रुपैयाँ बराबरको चुकन्दर निर्यात भएको थियो ।

    आर्थिक वर्ष २०७९/८० मा भने नेपालबाट अस्ट्रेलिया, भारत र अमेरिका समेत चुकन्दर निर्यात भएको थियो । यस वर्ष नेपालबाट कुल ९४ हजार बराबरको चुकन्दर निर्यात भएको देखिन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
    आज २५ अर्बको ऋणपत्र जारी हुँदै
    आलेखः गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
    • रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
    • विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
    • तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
    • बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.