सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पशुमा पनि बाँझोपनको समस्या बढ्यो


  •    न्युजभित्तो/३१ असार २०८२, मंगलवार १०:४६ 
  • चितवन, ३१ असार । गाई र भैँसीमा बाँझोपना (बाली नजाने) समस्या बढ्दै गएको छ । चार जिल्लामा गरिएको अध्ययनले यस्तो समस्या भएको पुष्टि गरेको हो ।

    गण्डकी प्रदेशको स्याङ्जा, लमजुङ, गोरखा र नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा गरिएको अध्ययनले ३६ दशमलव ८८ प्रतिशत रहेको देखाएको हो । अध्ययनमा सहभागी पशु चिकित्सक डा रविन वस्ताकोटीका अनुसार ३८ भैँसी र एक सय २२ गाईमा गरिएको अध्ययनले पशुमा बाँझोपनाको समस्या अत्यधिक रहने गरेको छ । पशुमा सङ्क्रामक रोगका कारणले बाँझोपना आउने गर्दछ । यसका कारण बच्चा तुहिने, गर्भ नअडिने, बाली नखोज्नेजस्ता समस्या देखापर्ने बस्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “यस्ता समस्या भएका पशु पाल्ने परिवार र त्यसको उपचारमा संलग्न पशु चिकित्सकलाई समेत जोखिम हुनसक्छ । प्रजननमा विकृतिहरू देखिन सक्छ ।”

    यस्तै अध्ययनका क्रममा पशुको पाठेघरको सामान्य सङ्क्रमण २८ दशमलव १२ प्रतिशत, पठेघर सुनिने समस्या १० प्रतिशत, पटकपटक बाली खोजिरहने समस्या १० दशमलव ६३ प्रतिशतमा देखिएको छ । बस्ताकोटीका अनुसार पाठेघरको मुख सुनिने समस्या सात दशमलव ५० प्रतिशत, डिम्बमा पानीको फोका बन्ने तीन दशमलव ७५ प्रतिशत र पाठेघरमा पानी जम्ने समस्या तीन दशमलव १२ प्रतिशत भेटिएको छ ।

    उन्नत जातमध्ये होलस्टेन जातको गाईमा सन्तुलित आहाराको कमीका कारण सामान्यभन्दा बढी दुब्लो देखिने गर्दा थारोपन निम्तिएको उहाँले बताउनुभयो । जसका कारण गाईहरूमा अण्डासयको सामान्यतय चल्ने ऋतुचक्र निस्क्रिय भएको भेटिएको छ ।

    सामान्यतय ऋतुचक्र २१ दिन चल्ने भन्दै उहाँले गाई ब्याएको एक सय दिनमा बाली जानुपर्नेमा अहिले एक सय २५ दिनमा पनि ऋतुचक्रमा नआएको देखिएको उहाँको भनाइ छ । केही गाईहरू एकपटक व्याएपछि पाँच वर्षसम्म पनि गर्भाधारण नगरेको पाइएको उहाँले बताउनुभयो । उन्नत नश्लका कोरली बाछी १८ महिनामा पहिलोपटक ऋतुकालमा आउनुपर्नेमा २६ महिनासम्ममा पनि नआएको पाइएको छ । उहाँले भन्नुभयो, “अधिकांश गाई, भैँसी ब्याएको २१ महिनासम्ममा पनि ऋतुचक्रमा प्रवेश नगरेको पाइएको छ ।”

    शरीरमा रगतको मात्रा कम हुने, रगतमा हेमोग्लोविनको कमी, शारीरिक अवस्था दुब्लो, जुकाको सङ्क्रमणलगायत कारण पनि पशु चौपायामा बाँझोपना देखिने बस्ताकोटीले बताउनुभयो । उन्नत जातको गाईभैँसीपालन गर्दा आहारमा ध्यान पुर्याउन आवश्यक रहेको उहाँले बताउनुभयो ।

    आहारमा हरियो घाँस, कोशे जातका घाँस दिनु आवश्यक रहेको भन्दै उहाँले सङ्क्रामक रोगको निदानका लागि पालिका र पशु सेवा कार्यालयले ध्यान दिनुपर्ने बताउनुभयो । खनिजको कमीलाई आपूर्ति गर्न खनिज परिपूरक खाद्य सामग्री पशुलाई दिनुपर्ने हुन्छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
    आज २५ अर्बको ऋणपत्र जारी हुँदै
    आलेखः गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
    • रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
    • विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
    • तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
    • बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.