सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्वास्थ्यको समान पहुँच पुर्‍याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बीमा


  •    न्युजभित्तो/३० असार २०८२, सोमबार १०:४८ 
  • स्याङ्जा, ३० असार । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा पालिकाभित्र रहेका चार हजार पाँच सय ४३ घरधुरीका नागरिकको निःशुल्क बीमावापतको रकम रु एक करोड ७२ लाख भुक्तानी गरेको छ ।

    गाउँपालिकाभित्र बसोबास गर्ने पालिकाबासीको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्य राख्दै कालीगण्डकी गाउँपालिकाले पालिकाका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको हो । निःशुल्क स्वास्थ्य बीमा गरेसँगै पालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा एक करोड ७२ लाख ७२ हजार एक सय ५० स्याङ्जास्थित स्वास्थ्य बीमा कार्यालयमा भुक्तानी गरेको गाउँपालिकाका निःशुल्क बीमा कार्यक्रममा कार्यरत दुर्गा पाण्डेले जानकारी दिइन् ।

    सात वटावडा रहेको कालीगण्डकी –१ मा सात सय ७२ घरधुरी, वडा नं २ मा सात सय २६ घरधुरी, वडा नं ३ मा पाँच सय ८३, वडा नं ४ मा छ सय ६८, वडा नं ५ मा छ सय ८०, वडा नं ६ मा पाँच सय ८८ र वडा नं ७ मा पाँच सय २६ गरी कूल चार हजार पाँच सय ४३ घरधुरीको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको हो ।

    गाउँपालिकाले पहिलो चरणमा एक हजार ६१७ घरधुरीको बीमावापत ६१ लाख ७७ हजार १५० भुक्तानी गरेको थियो । दोस्रो चरणमा दुई हजार एक सय ८३ घरधुरीका लागि ८२ लाख रु ७० हजार ५००, तेस्रो चरणमा तीन सय ९९ घरधुरीका लागि १४ लाख ९२ हजार ५० र चौँथो तथा अन्तिम चरणमा तीन सय ४४ घरधुरीको बीमावापत १३ लाख ३२ हजार चार सय ५० भुक्तानी गरेको छ ।

    गाउँपालिकाका सात वटै वडाका चार हजार पाँच सय ४३ कूल घरधुरीलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रममार्फत समेटिएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए ।-रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    • दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.