सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

म्याग्दीमा थपिए चारवटा सडक स्तरोन्नति आयोजना


  •    न्युजभित्तो/२७ असार २०८२, शुक्रबार ११:०८ 
  • म्याग्दी, २७ असार । गण्डकी प्रदेश सरकारमार्फत म्याग्दीमा आर्थिक वर्ष २०८१/८२ मा चारवटा सडक स्तरोन्नतिसम्बन्धी योजना थपिएका छन् । सङ्घीय सरकारसँगको साझेदारीमा एक र प्रदेश सरकारको लगानीमा कार्यान्वयन हुने तीनवटा सडक स्तरोन्नतिसम्बन्धी आयोजना कार्यान्वनयका लागि विभिन्न निर्माण कम्पनीसँग रु ६० करोडमा ठेक्का सम्झौता भएको छ ।

    चारवटा सडक स्तरोन्नति र एक झोलुङ्गे पुल निर्माणसम्बन्धी योजनाको ठेक्का प्रक्रिया सकेर निर्माणको चरणमा प्रवेश गरेका पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार ती आयोजना बर्खायामलगत्तै निर्माण सुरु गर्ने तयारी छ ।

    दरवाङ–मुना–ढोरपाटन सडक

    गण्डकी प्रदेश र सङ्घीय सरकारको साझेदारीमा मालिका गाउँपालिकाको केन्द्र दरवाङबाट धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने दरवाङ–मुना– ढोरपाटन सडक स्तरोन्नतिका लागि २०८२ असार ११ गते सक्षमरसिम्रन जेभी र पूर्वाधार विकास कार्यालयबीच रु ५२ करोड ८० लाख ५३ हजारमा ठेक्का सम्झौता भएको छ । सत्ताइस महिनाको ठेक्का अवधि रहेको यो योजनामार्फत दरवाङ–धारापानी ९सात किलोमिटर० र झिनडाँडा–मुना ९चार किलोमिटर० अक्सफाल्ट प्रविधिको कालोपत्र र ढलान हुुनेछ ।

    मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वीरुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ जावतजावत गर्न ७० किलोमिटर छोटो पर्ने मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको वैकल्पिक मानिएको यो सडक म्याग्दीको प्राथमिकताप्राप्त योजना भएको म्याग्दी क्षेत्र नं १ ९२० बाट निर्वाचित प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताउनुभयो ।

    भगवती–बेग सडक

    रघुगङ्गा गाउँपालिका गलेश्वर–पिप्ले–भगवती हँुदै बेग जाने बाटो र भगवती–सिजलगाउँ–साझपानी–बयारीगाउँ–बेग सडक स्तरोन्नतिका लागि हिमालयन कन्ट्रक्सनसँग २०८२ असार ९ गते ठेक्का सम्झौता भएको छ । रु दुई करोड ८२ लाखमा ठेक्का सम्झौता भएको यस योजनामार्फत भगवतीस्थित यसअघि प्रदेश सरकारमार्फत स्तरोन्नति भएको सडकको अन्तिम बिन्दुबाट बेगतर्फ एक किलोमिटर चार सय मिटर ढलान र प्रिमिक्स कालोपत्र हुने म्याग्दी क्षेत्र नं १ ९१० बाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताउनुभयो ।

    रुम–ताराखोला सडक

    म्याग्दी निर्वाचन क्षेत्र १ ९२० अन्तर्गत मालिका गाउँपालिका–२ को रुम–ताराखोला सडक योजना कार्यान्वयनका लागि २०८२ असार ४ गते सोमरस निर्माण सेवासँग ठेक्का सम्झौता भएको छ । रु दुई करोड ११ लाख ३० हजारमा ठेक्का सम्झौता भएको यो योजनामार्फत सात सय मिटर सडक ढलान गरिने भएको छ ।

    गलेश्वर–पुुलाश्रम सडक

    घतान–९ गलेश्वर मन्दिरबाट पुलाश्रम मन्दिर जगन्नाथ मन्दिर भएर बेनी बजार सदरमुकाम मोटरबाटो सडक स्तरोन्नतिका लागि बिबिपीएल बिएस डिएस धवलागिरि छनोट भएको छ । रु दुई करोड २३ लाख ४६ हजारमा बेनी नगरपालिका–९ गलेश्वरबाट अर्को धार्मिकस्थल पुलाश्रम जोड्ने सडकअन्तर्गत बेनी नगरपालिका–९ का विभिन्न ठाउँमा दुई किलोमिटर ढलान र ग्राभेल गर्न लागिएको हो ।

    सावाटा–थापाचौर झोलुङ्गे पुल

    मालिका गाउँपालिका–५ थापाचौर र वडा नं ६ को सावटा बस्ती जोड्ने म्याग्दी नदीमाथि झोलुङ्गे पुुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । ९६ मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय र ठेकेदार कम्पनी सोमरस निर्माण सेवासँग रु ३९ लाखमा २०८२ असार ३ गते ठेक्का सम्झौता भएको हो ।

    प्रदेश सरकारमार्फत आव २०८०र८१ मा म्याग्दीमा सातवटा सडक र दुईवटा मोटरेबल पुल निर्माणका लागि रु ६७ करोड ७८ लाखमा ठेक्का सम्झौता गरेको थियो । त्यसअघिका वर्षका एक सडक र एक मोटरेबल पुल निर्माणाधीन छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.