सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बागमती प्रदेशका विभिन्न अस्पतालमा १६ वटा डायलासिस मेसिन जडान


  •    न्युजभित्तो/२५ असार २०८२, बुधबार १२:५५ 
  • भक्तपुर, २५ असार । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले भक्तपुर अस्पतालसहित प्रदेशका विभिन्न अस्पतालमा १६ वटा डायलासिस मेसिन (उपकरण) जडान गरेको छ ।
    मिर्गौलाका बिरामीलाई डायलासिस सेवा लिन सरकारी अस्पतालमा चाप बढेसँगै एक पटकको रु दुई हजार ५०० तिरेर निजी अस्पतालमा जानुपर्ने बाध्यतालाई कम गर्न मन्त्रालयले मातहतका प्रादेशिक अस्पतालमा डायलासिस मेसिन जडान गरेको प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले जानकारी दिनुभयो ।
    उहाँका अनुसार मन्त्रालयले भक्तपुर अस्पतालमा पाँच वटा मेसिन ल्याएर जडान गरेको छ । मन्त्रालयले धादिङ अस्पतालमा दुई, सिन्धुली अस्पतालमा दुई, त्रिशूली अस्पतालमा दुई, बकुलहर रत्ननगर अस्पतालमा दुई र हेटौँडा अस्पतालमा तीन वटा डायलासिस मेसिन जडान गरेको मन्त्री थापाले जानकारी दिनुभयो ।
    डायलासिस मेसिन जडानसँगै अस्पतालले मिर्गौलाका बिरामीलाई सहज रूपमा सेवा प्रवाह गर्ने बताउँदै उहाँले बिरामीले नजिकको अस्पतालबाट सेवा प्राप्त गर्नसक्ने उल्लेख गर्नुभयो । मन्त्री थापाले प्रादेशिक अस्पतालमा आगामी दिनमा उपकरण थप गर्दै लैजाने जानकारी दिनुभयो ।  
    भक्तपुर अस्पतालका कार्यकारी निर्देशन डा सुरेन्द्र भट्टले उपकरण प्राप्त भएसँगै अस्पतालले तत्काल पाँच शय्याको डायलासिस सेवा सुरु गर्ने जानकारी दिनुभयो ।रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    • दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.