सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

त्रिशुली र नारायणी नदी किनारमा उच्च सतर्कता अपनाउन चितवन प्रशासनको आग्रह


  •    न्युजभित्तो/२४ असार २०८२, मंगलवार १३:३५ 
  • चितवन, २४ असार । त्रिशूली तथा नारायणी नदीको जलस्तर बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले नदी किनार आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। आज मंगलबार जारी गरिएको सार्वजनिक सूचनामा त्रिशूली नदीको मुहानतर्फको भू–भागमा भारी वर्षा भई जलस्तर बढ्न थालेको र यसको प्रभाव सडक, पुलपुलिया तथा नदी किनारका बस्तीमा पर्न सक्ने उल्लेख गरिएको छ।

    नदी किनार आसपासका क्षेत्र, विशेष गरी त्रिशूली नदी तथा नारायणी नदी किनारका क्षेत्रमा बाढीको जोखिम रहेकाले स्थानीयरूपमा सूचना प्राप्त हुनासाथ सुरक्षित स्थानमा जान समेत प्रशासनले अनुरोध गरेको छ। सूचनामा भनिएको छ, “त्रिशुली नदी तथा नारायणी नदी किनारका क्षेत्रहरु झनै जोखिम हुनसक्ने भएकाले स्थानीयबासिन्दा, यात्री, यात्रुवाहक सवारी साधन चालक र निर्माणाधीन कार्यमा संलग्न व्यक्तिहरूले विशेष सतर्कता र सावधानी अपनाउनु हुन अनुरोध गरिन्छ।”

    यदि कुनै आपत्कालीन अवस्था आएमा प्रहरीको कन्ट्रोल नं १०० वा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको फोन नं ९८४४२०८८८ मा सम्पर्क गर्न समेत प्रशासनले अनुरोध गरेको छ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
    आज २५ अर्बको ऋणपत्र जारी हुँदै
    आलेखः गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
    • रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
    • विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
    • तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
    • बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.