सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कुखुराजन्य व्यवसाय धरासयी अवस्थामा


  •    न्युजभित्तो/२२ असार २०८२, आईतवार १५:१३ 
  • चितवन, २२ असार । भरतपुरको लक्ष्मीपुरमा लामो समय कुखुरापालन व्यवसाय गरेका एक किसानको मृत्यु भएको तीन महिनामा बैंकले सबै सम्पत्ति लिलाम गर्‍यो । दुई दशकभन्दा बढी यो पेसामा लागेका किसानको मृत्युपछि परिवार बिचल्लीमा परेको छ ।

    कतिपय कुखुरापालक किसान अहिले चेक अनादार मुद्दामा प्रहरी हिरासतमा छन् । त्यसो त दुई वर्षअघि यहाँका एक ठूला कुखुरा व्यवसायीले आत्महत्या गरेका थिए ।

    नेपाल अण्डा उत्पादक सङ्घका पूर्वअध्यक्ष त्रिलोचन कँडेल ८० प्रतिशत कुखुरापालक किसान विस्थापित भएको बताउनुहुन्छ । उहाँको भनाइमा अहिले कुखुरा पालिरहेकाहरु बैंकको ऋणका कारण ऋण थपेर व्यवसाय टिकाइरहेका छन् । कँडेलले भन्नुभयो, “कोभिडअघिसम्म कुखुरा पाल्ने किसान पाँच हजाार बढी थिए, अहिले घटेर एक हजार हाराहारी होलान् ।”

    उहाँका अनुसार आधाभन्दा बढी किसान बैंकको कालोसूची, लिलाम प्रक्रिया र चेक बाउन्समा परेका छन् । साना किसानले थप आँट गरेर व्यवसाय नगरेको उहाँ बताउनुहुन्छ । ती किसानलाई बैंकले ऋण तिर्नका लागि दबाब दिइरहेको छ ।

    किसान घटे पनि उत्पादन नघट्नुको पछाडि व्यावसायिक रुपमा फार्म खुलेका छन् । करिब ५० हजारदेखि पाँच लाखसम्म कुखुरा पाल्ने किसान ५० जना छन् । तिनै किसानका कारण उत्पादन विगतको तुलनामा कम घटेको कँडेल बताउनुहुन्छ । अहिले दैनिक ३० लाखदेखि ४० लाखसम्म समयअनुसार अण्डा उत्पादन हुने गर्दछ । चल्लाको उत्पादन भने आधा घटेको छ ।

    पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्ट जसको कुखुरा बाँकी छ, उहाँहरुले ४० प्रतिशतभन्दामाथि ऋण थपेर टिकेको बताउनुहुन्छ । अधिकांश व्यवसायीको अवस्था दयनीय रहेको उहाँको भनाइ छ ।

    गत वर्षसम्म बैंकको चर्को ब्याज, दानाको मूल्य वृद्धि, अण्डाले उचित मूल्य नपाउनुजस्ता कारण कुखुराजन्य उद्योग सङ्कटमा परेको उहाँको भनाइ छ । उत्पादित चल्लाले बजार नपाउनु, सस्तो मूल्यमा कुखुराको मासु बिक्री गर्न बाध्य हुनुलगायत कारण पनि किसान सङ्कटमा पर्दै गएको भट्ट बताउनुहुन्छ ।

    पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछाने भूकम्प, नाकाबन्दी, कोभिड महामारी, आर्थिक मन्दीपछिका समयमा उत्पादित अण्डा र मासुले लागत मूल्य पाउन नसक्दा किसान विस्थापित भएको बताउनुहुन्छ । दानाको कच्चापदार्थ र औषधिको मूल्य दोब्बर बढेको, कामदारको ज्याला बढेको, खोरको भाडा बढेको, कार्टुन, क्रेटलगायत सामग्रीको मूल्य बढेको तर अण्डा र मासुको मूल्य लामो समयसम्म बढ्न नसक्दा किसानको अवस्था दयनीय बनेको उहाँ बताउनुहुन्छ ।

    नेपाल लेयर्स कुखुरा पालक सङ्घका अध्यक्ष विनोद पोखरेल कुखुरा पालिरहेकाहरु पनि अधिकांशको ठूलोमात्रामा बैंक ऋण रहेको बताउनुहुन्छ । उहाँको भनाइमा धितो राखेर ऋण लिएकाहरुले धितो बिक्री गरेर ऋण तिर्ने अवस्थासमेत छैन । अहिले कुखुरापालन क्षेत्रमा बैंकमा रहेको धितोले ऋण तिर्न नपुग्ने उहाँ बताउनुहुन्छ । तत्कालीन समयमा लिएको ऋणमा ऋण थप्दै ब्याज तिर्दै आउँदा कुखुरा राख्न नसक्ने अवस्थामा धेरै किसान पुगेको उहाँको भनाइ छ ।

    पोखरेल किसान विस्थापित हुँदै गएको, ऋण तिर्न नसकेको र निरन्तर घाटामा काम गर्नुपरेकामा कसैको ध्यान नपुग्ने तर किसानले लागत मूल्य पाउने अवस्थामा सरकार र सरोकारवालाको ध्यान पुग्ने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “विगत तीन वर्षदेखि नोक्सान हुँदा कसैको ध्यान पुगेको छैन, किसानले लागत मूल्य पाउन थालेभन्दा धेरैको ध्यानाकर्षण हुन्छ ।”

    नेपाल ह्याचरी उद्योग सङ्घका निवर्तमान अध्यक्ष ऋषि पौडेल धेरै ह्याचरी बन्द भइसकेको बताउनुहुन्छ । बाँकी रहेका ह्याचरीले उत्पादन गरेका चल्ला बिक्री नभएपछि पुर्नुपर्ने अवस्था अहिलेको रहेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अब कुखुरापालन क्षेत्र टिक्ने अवस्थामा छैन ।” सरकारले समयमा नै सम्बोधन गर्न नसकेमा आत्मनिर्भर रहेको यो व्यवसाय समाप्त भएर जाने उहाँको भनाइ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
    आज २५ अर्बको ऋणपत्र जारी हुँदै
    आलेखः गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
    • रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
    • विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
    • तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
    • बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.