सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या


  •    न्युजभित्तो/२२ असार २०८२, आईतवार ११:५० 
  • काठमाडौँ, २२ असार । साझा यातायातमा आबद्ध चालक, सहचालक र कर्मचारीको निःशुल्क आँखा परीक्षण गरिएको छ । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित कीर्तिपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा नेपाल नेत्रज्योति सङ्घ काठमाडौँ शाखा र साझा यातायातको संयुक्त रूपमा साझा यातायातको कार्यालयमा शनिबार सो आँखा जाँच शिविर आयोजना गरिएको थियो ।

    नेपाल नेत्रज्योति सङ्घ काठमाडौँ शाखाका सभापति हुकुमप्रसाद पोखरेलका अनुसार शिविरमा एक सय ७९ जनाको आँखा परीक्षण गरिएको थियो । आँखा परीक्षण गरिएकामध्ये १५ जनालाई दृष्टिदोषको समस्या देखिएको थियो । समस्या देखिएकाहरूलाई औषधि, नजिकको चश्मा र कालो चश्मासमेत निःशुल्क वितरण गरिएको थियो । उहाँले भन्नुभयो, “ एउटा चालकको आँखाले सयौँ यात्रुको आँखाको प्रतिनिधित्व गर्छ । चालकको आँखा परीक्षणले दुर्घटना न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुग्दछ ।”

    सो आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डा मनिषा श्रेष्ठ र दीपा खड्काको नेतृत्वमा स्वास्थ्यकर्मीले आँखा जाँच शिविरमा सेवा पुर्याएका थिए । नेपाल नेत्रज्योति सङ्घले आफ्नो स्थापनादेखि सन् २०२४ को अन्तिमसम्ममा सङ्घका २८ आँखा अस्पताल, दुई सय २४ उपचार केन्द्र र ४५ जिल्ला शाखा सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी चार करोड ६८ लाख ६८ हजार ६० जना आँखाका बिरामीलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छभने ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया भइसकेको जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    • दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.