सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

खलङ्गामा वितरण गरिएको खानेपानीमा इकोली जीवाणु फेला


  •    न्युजभित्तो/२० असार २०८२, शुक्रबार १२:४७ 
  • दार्चुला, २० असार । दार्चुला सदरमुकाम खलङ्गामा वितरण गरिएको खानेपानीमा मानव स्वास्थ्यका लागि घातक हुने इकोली जीवाणु पाइएको छ । स्वास्थ्य कार्यालय दार्चुलाले गरेको परीक्षणमा पाँच स्थानबाट सङ्कलन गरिएको नमूनामध्ये चार स्थानको पानीमा इकोली जीवाणु फेला परेको हो ।

    स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख वीरेन्द्रप्रसाद भट्टका अनुसार दूषित पानीकै कारण पानीमा इकोली देखिएको पुष्टि भएको छ । पछिल्लो दुई सातादेखि धमिलो पानी आउने गुनासो बढेपछि मुहान अनुगमन र पानी परीक्षण गरिएको थियो ।

    इकोली जीवाणु मानव वा जनावरको मलजन्य दूषित पानीमा पाइने गरेको भट्टको भनाइ छ । खलङ्गामा वितरण भइरहेको पानी महाकाली नगरपालिका–३ स्थित गारकुखोलाबाट ल्याइएको हो । एक महिनाअगाडि सोही खोलामा मरेको कुकुरको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । त्यही खोलाको पानी सिधै डुङ्गरीस्थित ट्ङ्याकी हालेर धारामा पठाइएको थियो । तर ट्ङ्याकीमा समेत क्लोरिन नराखिँदा पानी धमिलो र दूषित देखिएको हो ।

    पानीको मूल स्रोत, प्रशोधन युनिट र उपभोक्ताको धारासम्मको पानीमा इकोली पाइएको स्वास्थ्य कार्यालय प्रमुख भट्टको भनाइ छ । पानी प्रयोग गर्दा उपभोक्ता सचेत हुनु आवश्यक रहेको उहाँले बताउनुभयो । पानीमा क्लोरिनको मात्रासमेत राष्ट्रिय खानेपानी गुणस्तर निगरानी निर्देशिका, २०७० र प्रथम संशोधन, २०७६ को मापदण्डअनुसार नभएको भन्दै नियमित रूपमा क्लोरिन मिसाएर मात्रै पानी वितरण गर्न खलङ्गा सहरी खानेपानी आयोजनालाई सुझाव दिइएको छ ।

    प्रतिवेदनमा स्वास्थ्य कार्यालयले पानीको मुहान क्षेत्र वरिपरिको सरसफाइ, छेकबार, रेखदेख र वितरण पाइपहरूबाट अन्य दूषित पानी मिसिन नदिन नियमित अनुगमन र निगरानी गर्नुपर्ने सुझाव दिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताउनुभयो ।

    स्वास्थ्य कार्यालयको प्रतिवेदनअनुसार महाकाली नगरपालिकामार्फत खलङ्गा सहरी खानेपानी आयोजनालाई पानीको गुणस्तर सुधार र सरसफाइमा ध्यान दिन भनिएको उहाँको भनाइ छ । साथै सरसफाइ सन्देश, उपभोक्तालाई कम्तीमा असार, साउन र भदौको महिनासम्म खानेपानी शुद्धीकरण तथा उमालेर खाने बानीको विकास गर्न सञ्चारमाध्यममार्फत सूचना सन्देश प्रसारण गर्न भनिएको छ ।

    गुणस्तर परीक्षण

    यही असार १५ गते प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बैठक डाकेर खानेपानीमा देखिएको समस्या समाधान गर्न स्थलगत अनगुमन गर्ने तथा पानीको ‘स्याम्पलिङ’ गर्न निर्देशन दिनुभएको थियो ।

    यही असार १६ र १७ गते खानेपानी कार्यालय, उपभोक्ता समिति र स्वास्थ्य कार्यालयको टोलीले संयुक्त रूपमा स्थलगत निरीक्षण गर्दै पानीको नमूना सङ्कलन गरेको थियो । परीक्षणमा राष्ट्रिय खानेपानी गुणस्तर निगरानी निर्देशिका, २०७० (प्रथम संशोधन २०७६) अनुसार पानीको गुणस्तर नपुगेको उल्लेख गरिएको छ ।

    खलङ्गाको महाकाली नगरपालिका–४ र ५ का करिब दुई हजार २०० घरधुरीमा गडाकु खोलाबाट ल्याइएको पानी वितरण भइरहेको छ । दूषित पानीका कारण स्वास्थ्यमा गम्भीर असर परेको भन्दै समाधान गर्न आग्रह गरिएको नागरिक समाज दार्चुलाका अध्यक्ष महेशराज भट्टले बताउनुभयो । हामीहरुको निरन्तर खबरदारीको कारण पानीको गुणस्तर परीक्षण र मुहान क्षेत्रको अनुगमन भयो । यसले खलङ्गामा वितरण गरिएको पानी राम्रो नभएको पाएपछि अहिले सुधार भइरहेको छ ।

    दार्चुलामा आव २०७७र७८ देखि सुरु गरिएको खलङ्गा सहरी खानेपानी तथा सरसफाइ आयोजनाको लागत रु २९ करोड रहेको छ । निर्माणको जिम्मा ग्वालेक निर्माण सेवाले लिएको भए पनि सम्झौताअनुसार डेढ वर्षमा नै सकिनुपर्ने आयोजनाको काम सकिएको छैन ।

    खलङ्गा सहरी खानेपानी आयोजनालाई निर्माण गरेर हस्तान्तरण गर्नुपर्नेमा अहिले निर्माण व्यवसायी नै सम्पर्कमा नरहेको खानेपानी उपभोक्ता समितिका सचिव खडकसिंह धामीले बताउनुभयो । “गत वर्ष हामीले निर्माण गर्न बाँकी काम १५ बँुदामा लेखेर पठाएको थियौ,” उहाँले भन्नुभयो, “तर निर्माण व्यवसायी नै सम्पर्कमा आएका छैनन् । खानेपानी आयोजनाको महत्वपूर्ण कामहरु सम्पन्न भएको भए पनि सानातिना कामहरु बाँकी थिए ।”

    यसैगरी, निर्माण कम्पनीले प्रयोग गरेको झन्डै ४०० मिटर परिवर्तन गर्न सुझाव समितिले दिएको थियो । आयोजनाको पाइपहरुमा ‘सपोर्ट’ राख्नुपर्ने, लाइन खुला राख्न नहुने सुझाव कार्यान्वयन नगर्दा अहिलेसम्म हस्तान्तरण प्रक्रिया हुन नसकेको धामीको भनाइ छ ।

    एसियाली विकास बैङ्कको ७० प्रतिशत अनुदान, नगर विकास कोषको २५ प्रतिशत ऋण तथा बाँकी उपभोक्ताबाट उठाइएको रकमबाट आयोजना सञ्चालन गरिएको हो । आयोजनाअन्तर्गत डुङरीमा राखिएको फिल्टर प्रणालीले समेत प्रभावकारी रूपमा काम नगरेको गुनासो आएको छ । पानीमा कुकुर फालिएको भिडियो सार्वजनिक भएपछि स्थानीयवासी खलङ्गा नजिकैका मुहान पुगेर पानी ल्याउन बाध्य भएका छन् । बर्खायाम सुरु भएसँगै मुहानमा थप प्रदूषण हुन सक्ने भन्दै स्वास्थ्यकर्मीहरूले पानी उमालेर वा फिल्टर गरेर मात्रै पिउन आग्रह गरेका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको माधवपुरमा राष्ट्रिय भजन तथा शङ्ख वादन प्रतियोगिता हुने 
    रासस गण्डकी प्रदेश प्रमुख पौडेल सम्मानित
    गोरखामा पूर्वप्रधानमन्त्री डा भट्टराईको उम्मेदवारी फिर्ता
    • उत्साहित छन् नयाँ मतदाता
    • रुपन्देही–२ मा राप्रपा उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता
    • मिथिलाञ्चलमा आज ‘हलो र गोरु पूजा’
    • साना दल र स्वतन्त्रका अधिकांश युवा उम्मेदवार

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.