सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दुई जातका धानको मूल बीउ उत्पादन गर्दै किट विकास फार्म


  •    न्युजभित्तो/१९ असार २०८२, बिहीबार १२:५३ 
  • चितवन, १९ असार । व्यावसायिक किट विकास फार्म भण्डाराले दुई जातका धानको मूल बीउ उत्पादनको काम सुरु गरेको छ । राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथ धनुषाबाट ल्याइएको धानको मूल बीउ उत्पादन गर्न थालिएको हो ।

    फार्म प्रमुख सुरुची त्रिपाठीका अनुसार मकवानपुर १ र हर्दिनाथ ६ जातको धानको मूल बीउ उत्पादन थालिएको हो । त्यसका लागि फार्म रहेको जग्गामा बीउ राखिएको छ । उहाँले भन्नुभयो, “दुई हेक्टर क्षेत्रफलमा धानको बीउ उत्पादन गर्ने गरी काम गरिएको छ ।” बीउ उत्पादनका लागि हर्दिनाथ ६० किलो र मकवानपुर ३० किलो धान ल्याएर ट्रेमा बीउ लगाइएको छ । यहाँ उत्पादित बीउलाई पछि समुह र सहकारीमार्फत किसानकामा पु¥याइने छ ।

    दुई हेक्टर जग्गामा करिब ५० क्वीन्टल धानको बीउ उत्पादन हुने गरेको उहाँले बताउनुभयो । विगतका वर्षमा सावित्री, मकवानपुर १ र बहुगुणी जाताका धानको बीउ उत्पादन गरी किसानकामा पु¥याइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “किसानले बीउमा समस्या भोग्नु नपारेस् भनेर धानको बीउ फार्मले उत्पादन गर्दै आएको छ ।”

    यहाँ उत्पादित धानको मूल बीउको माग बढ्दै गएको उहाँले बताउनुभयो । धानको मूल बीउबाहेक खाद्यान्नमा समेत प्रयोग हुने गरेको छ । गत वर्ष यहाँ उत्पादित धानको मूल बीउमध्ये २८ क्वीन्टल बीउको रुपमा बिक्री गरिएको थियो । यस फार्ममा अहिले च्याउखेतीमा प्रविधि प्रदर्शन, मेवाको बिरुवा उत्पादन, किम्बुका बिरुवा उत्पादन तथा बिक्री वितरण लगायतका काम हुँदै आएका छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.