सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणगढ-बुटवल सडक खण्डको विनयी खोलामा बनेको पक्की पुल आजबाट सञ्चालनमा आउने


  •    न्युजभित्तो/१९ असार २०८२, बिहीबार १०:२५ 
  • नवलपुर, १९ असार । नारायणगढ- बुटवल सडक खण्डको दुम्कीबासस्थित विनयी खोलामा बनेको पक्की पुल आजबाट सञ्चालनमा आउने भएको छ । इलाका प्रहरी कार्यालय, दुम्कीबासका इन्पेक्टर राजन तिमिल्सेनाले आजदेखि पुलबाट गाडी सञ्चालन गर्ने तयारी भइरहेको बताए । तर, कति बेलाबाट सञ्चालन गर्ने भन्ने निर्माण कम्पनीमा भर पर्ने उनको भनाइ छ ।

    पूर्वपश्चिम राजमार्गअन्तर्गत विनयी खोलामा पुल भाचिँदा डाइभर्सन बनाएर गाडी सञ्चालन गरे पनि बाढीले बगाउँदै आएको थियो । यसअघि उक्त पुलमा अधिक भारको कारण क्षति भई सवारी आवागमन बन्द भएको थियो । खोलामा आएको बाढीले असार पहिलो साता ३८ यात्रुसहितको यात्रुबाहक बस बगाएको थियो ।

    डाइभर्सन बगाउँदा पूर्वबाट पश्चिम जाने गाडी नारायणगढबाट पोखरा, स्याङजा भएर बुटवल आएर पश्चिम जाने गरिरहेका छन् । पश्चिमबाट पूर्व जाने गाडीहरू बुटवल पाल्पाबाट पोखरा र मुग्लिन हुँदै काठमाडौं गइरहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.